दाङको तुलसीपुरमा एक जना पुरुष मृत अवस्थामा फेला

तुलसीपुर,६ मंसिर ।

दाङको तुलसीपुरमा रहेको मानव सेवा आश्रममा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका ६ गाईडर स्थित मानव सेवा आश्रममा ठेगाना नखुलेको ५३ वर्षिय अब्दुल नजिर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी जनक मल्लले जानकारी दिनुभएको छ ।

मल्लका अनुसार नजिर विगत एक वर्षदेखि सोही आश्रममा आश्रित थिए । नजिरलाई बुधबार बिहान कोठामा सुतिरहेको अवस्थामा आश्रमका संचालकले उठाउन जाँदा उनी मृत अवस्थामा भेटिएका थिए । उक्त घटनास्थलमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी टोली खटी गई घटनास्थलको प्रारम्भिक अनुसन्धान पश्चात उनको शवलाई पोष्टमार्टमका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर