जाजरकोटमा एक महिने शिशुको चिसोले मृत्यु


कोहलपुर बाँके मंसिर ५

सुर्खेत, चिसोका कारण जाजरकोटमा एक महिने शिशुको ज्यान गएको छ। भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका –२ का हुकुम बहादुर पुनकी एक महिनाकी छोरी निरुताको मृत्यु भएको हो।

पूर्ववडाध्यक्ष कालीबहादुर वलिका अनुसार तीन दिन अघि बिरामी परेकी निरुतालाइ उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो।

निमोनिया भएकी उनको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिए।

चिसोले जाजरकोटमा ५० भन्दा बढी बालबालिका बिरामी परेका छन । चिसोकै कारण ११ दीर्घरोगी र वृद्धवृद्धाको ज्यान गएको छ

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर