दाङमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको ज्यान गयो, दुई जना घाइते


दाङ मंसिर ४, ( दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

दाङको ग्वारखोलामा रा ४ प ८४६४ र रा ७ प ६५५४ नम्बरका मोटरसाइकल ठोक्किएका हुन् । दुर्घटनामा रा ७ प ६५५४ नम्बरको मोटरसाइकलका चालक २८ वर्षीय अमृत केसीको ज्यान गएको छ ।

उहाँको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा गएराति ज्यान गएको हो ।

यस्तै, अर्को मोटरसाइकलका चालक दिनेश बुढाथोकी र पछाडि बसेका कमल केसी घाइते भएका प्रहरीले जनाएको छ । उनीहरुको उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर