आज शौचालय दिवस, नेपालमा ३ लाख १ हजार ४९० परिवारसंग छैन शौचालय ।

कोहलपुर बाँके मंसिर ३, विश्वभर विभिन्न कार्यक्रम गरी आज विश्व शौचालय दिवस मनाइँदै छ। नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी विश्व शौचालय दिवस मनाइँदै छ।

यो वर्ष ‘परिवर्तनको गति बढाउँदै’ भन्ने नारासहित विश्व शौचालय दिवस २०२३ मनाउन लागिएको छ। हरेक वर्ष १९ नोभेम्बरमा विश्वभर विभिन्न कार्यक्रमका साथ शौचालय दिवस मनाउने गरिएको छ। सन् २०१३ देखि यो दिवस मनाउन थालिएको हो। बाक्लो मानवबस्ती भएका ठाउँमा शौचालयको निर्माण र प्रयोग गर्ने चुनौती बढ्दो छ।

मानव समुदायलाई मानवजन्य दिसापिसाबबाट उत्पन्न हुनसक्ने जीवाणुले ल्याउने रोगव्याधिबाट बचाउन शौचालय निर्माण गर्ने र प्रयोग गर्ने बानी विकसित गराउन संयुक्त राष्ट्रसंघले विश्व शौचालय दिवसका रूपमा मनाउने गरेको हो। संयुक्त राष्ट्रसंघले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने कार्यक्रम तय गरी कार्यान्वयन गरिरहेको छ।

दिगो विकास लक्ष्यको छैटौँ लक्ष्यमा स्वच्छ खानेपानी र सरसफाइको विषय समावेश छ तर सन् २०३० सम्म सबैलाई स्वच्छ र सुरक्षित पानी पुर्‍याउने र पूर्ण रूपमा सरसफाइको अवस्थामा पुर्‍याउने प्रगति भने सुस्त छ। यसै तथ्यलाई मद्देनजर गर्दै राष्ट्रसङ्घले यो वर्षको नारा तय गरेको हो।

राष्ट्रसङ्घका अनुसार विश्वका साढे ३ अर्ब मानिस अझै पनि शौचालयको सुविधाबाट वञ्चित छन्। त्यसमध्ये ४१ करोड ९० लाख मानिस त अझै पनि खुला स्थानमा दिसापिसाब गर्छन्। खुला दिसापिसाबका कारण फैलने रोगले दैनिक १ हजार बालबालिकाको मृत्यु हुने गरेको छ।

सुरक्षित शौचालय, पूर्ण सरसफाइ र सबैका लागि स्वच्छ पानीको लक्ष्य हासिल गर्न अब ७ वर्षमात्र बाँकी छ। नेपालले १९ असोज २०७६ मा खुला दिसामुक्त र पूर्ण सरसफाइमा अग्रसर राष्ट्र घोषणा गरेको थियो।

वि।सं। २०७८ को जनगणनाअनुसार नेपालमा शौचालय प्रयोग गर्ने परिवारमा ९।८ प्रतिशत परिवारले फ्लस भएको ९सार्वजनिक ढल० को प्रयोग गर्ने गर्छन्। यो परिवार संख्या ६ लाख ५३ हजार ७१० रहेको छ। फ्लस ९सेफ्टी ट्यांकी० भएको शौचालय प्रयोग गर्नेको संख्या सबैभन्दा बढी ५५।१ प्रतिशत रहेको छ। यो संख्या ३६ लाख ६७ हजार ७८० हो ।

त्यस्तै साधारण शौचालयको प्रयोग गर्नेको संख्या २० लाख ५ हजार ४८० रहेको छ। यो प्रतिशतमा हेर्दा ३०।१ रहेको छ। त्यस्तै सार्वजनिक शौचालय प्रयोग गर्नेको प्रतिशत ०।५ रहेको छ। यो संख्या ३२ हजार ३८१ हो। त्यसैगरी शौचालय नहुनेको संख्या नेपालमा ४।५ प्रतिशत अर्थात् ३ लाख १ हजार ४९० रहेको छ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर