गुण्डागर्दीविरुद्व प्रहरीको एक्सनः नियन्त्रणमा लिन गोलि प्रहार


कोहलपुर बाँके मंसिर २ ।

कोहलपुर नगरपालिका– १२ का एक २९ वर्षीय युवकलाई धारिलो हतियार प्रहार गरि फरार रहेका एक जनालाई नियन्त्रणमा लिन बाँके प्रहरीले गोली चलाएको छ ।

बाँकेको जानकी गाउँपालिका– ४ मा शुक्रबार बिहान तीन राउण्ड गोली प्रहार गरेर प्रहरीले बैजनाथ गाउँपालिका घर भई कोहलपुर– ११ बस्ने आकाशजंग रानालाई नियन्त्रणमा लिएको हो ।

पेस्तोलबाट तीन राउण्ड गोली प्रहार गरिएपनि एउटा गोली रानाको खुट्टामा लागेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ९डिएसपी० नारायण डाँगीले जानकारी दिए । घाइते रानालाई प्रहरीले उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा लगेको छ ।

डिएसपी डाँगीका अनुसार पक्राउ परेका रानासहितको समूहले बिहीबार बिहान २र३ बजेको समयमा कोहलपुरका चप्परगौडीका २९ वर्षीय मीन बहादुर विक खुकुरी प्रहार गरि गम्भीर घाइते बनाएर भागेको थियो । खजुराखुर्द क्षेत्रमा लुकेर बसेको सूचना पाएको प्रहरी उनीलाई नियन्त्रणमा लिन पुगेको थियो ।

‘नियन्त्रणमा लिने क्रममा प्रहरीलाई आक्रमण गरेर भागेपछि गोली प्रहार गरेर एक किलोमिटर टाढाबाट नियन्त्रणमा लिइएको हो’ डिएसपी डाँगीले मिसन टुडेसँग भने, ‘उनको आक्रमणबाट प्रहरीको हात समेत फ्याक्चर भएको छ ।’

गम्भीर घाइते विकको यहाँ उपचार सम्भव नभएपछि बिहीबार नै भारतको लखनउ लगिएको छ । बाँकेमा तिहारको समयमा गुण्डागर्दीका घटनाहरू धेरै भएपछि प्रहरीले गुण्डागर्दीविरुद्व अभियान समेत थालिसकेको छ । सोही क्रममा रानालाई समेत गोली नै प्रहार गरेर नियन्त्रणमा लिइएको बाँके प्रहरीले स्रोतले जनाएको छ ।

पक्राउ परेका रानाले कार्तिक २८ मा कोहलपुर नगरपालिका–११ मा करणी प्रयास गरेको आरोप छ । उनी लागु औषध मुद्दामा ५ वर्ष जेल बसेर निस्केका हुन् । २०७४ देखी ०७९ सम्म राना नेपालगन्ज कारागारमा थुनामा बसेका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर