नेपालकी होची महिला ईश्वरी मायाको कोहलपुरमा निधन ।


दाङ मंसिर २ । नेपालकी होची महिला भनेर दावी गरिएकी लमही निवासी ईश्वरी माया छिनालको निधन भएको छ। ३० इञ्च उचाइ र साढे आठ किलो तौल भएकी छिनाललाई नेपालकी होची महिला भनेर चिनाउने गरिएको थियो।

उनको उपचारका क्रममा निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन्। निमोनियालगायत रोगबाट ग्रसित छिनालको ३१ बर्षको उमेरमा कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा बिहीवार निधन भएको थियो।

रुकुम जिल्लामा जन्मिएकी छिनाल ०५५ सालदेखि लमही नगरपालिका–६ घोँडेबासमा बस्दै आएकी थिइन् । उपचार गर्न आर्थिक अभाव भएको भन्दै परिवारका सदस्यले सहयोग गर्ने अपिल गर्दै आएका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर