दाङमा अटो दुर्घटनामा परी महिलाको ज्यान गयो


कोहलपुर बाँके कार्तिक ३०, । दाङको बंगलाचुलीमा अटो दुर्घटना हुँदा एक जना महिलाको ज्यान गएको छ । दुर्घटनामा बंगलाचुली गाउँपालिका – ५ की ६५ वर्षीया भेगी बुढाको ज्यान गएको हो । दुर्घटनामा घाइते बुढाको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

बुधवार दिउँसो बंगलाचुली–५ को गुरासेनी डाँडाबाट रा १ ह ५८०५ नम्बरको अटो ब्रेक फेल भई झन्डै पाँच सय मिटर तल खसेको थियो ।

घाइतेलाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो । तर, उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा रिफर गरिएको थियो ।

दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ९एसपी० रामबहादुर केसीले घाइते बुढाको उपचारका क्रममा गएराति ज्यान गएको जानकारी दिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर