भेरीबाट ४८ जना भूकम्पका घाइते डिष्चार्ज, वार्ड खाली
कोहलपुर बाँके कार्तिक २८, नेपालगञ्जस्थित भेरी अस्पतालको डिजास्टर वार्ड खाली भएको छ । भूकम्पका घाइते डिस्चार्ज भएपछि ुडिजास्टर वार्डु खाली भएको हो । बिरामी नभएपनि यो वार्डलाई तयारी अवस्थामा राखिएको छ ।
भेरी अस्पतालमा रहेका ६ जना भूकम्पका घाइतेलाई अर्थोपेडिक वार्डमा राखिएको छ । अस्पतालमा जाजरकोट र पश्चिम रुकुमका ५८ जना भूकम्पका घाइतेलाई ल्याइएको थियो । त्यसमा एक जनाको मृत्यु भएको थियो । ३ जनालाई काठमाडौ रिफर गरिएको थियो भने ४८ जना डिस्चार्ज भएर घर गएका छन् ।
जिल्ला आपतकालीन कार्य संचालन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले डिस्चार्ज भएका भूकम्प प्रभावितलाई खाद्यन्नसहित गाडीको व्यवस्था गरेर पठाइएको बताए । कार्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएपछि भेरी अस्पताललाई घाइतेको उपचारका लागि ुडेडिकेटेड अस्पतालु तोकिएको थियो ।