राप्तीसोनारीमा झडप हुँदा १ जना गम्भीर घाइते, ३ जना पक्राऊ

कोहलपुर बाँके कार्तिक २७ । बाँके राप्तीसोनारी गाउँपालिका वडा न ९ उद्दैनमा करिब १२ बजेको समयमा गएराती युवाहरू बिच झडप भएको छ । झडपमा परी नेपाली सेनामा कार्यरत बिदामा घरमा आएका राप्तीसोनारी ९ उद्दैनका विष्णु खत्री गम्भीर घाइते भएका छ्न । उनको नेपालगन्ज मेडिकल कलेज नर्सीङ्ग होम मा उपचार भैरहेको उनको टाउकोमा गहिरो चोट लागेको छ ।

उनलाई कुटपिट गर्ने राप्तीसोनारी ९ का वर्ष १८ को मनोज खत्री, सोही ठाउँ बस्ने वर्ष २४ को जिवन खत्री र वर्ष २५ को केशव पुनलाइ प्रहरी पक्राउ गरेको छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर