लक्ष्मीपूजा गर्ने क्रममा आगलागी हुँदा भक्तपुरमा ८३ वर्षीया वृद्धाको ज्यान गयो

काठमाण्डौ कार्तिक २७ ( भक्तपुरमा हिजो लक्ष्मी पूजा गर्ने क्रममा आगलागी हुँदा ८३ वर्षीया वृद्धाको ज्यान गएको छ ।

आफ्नै घरमा पूजा गर्ने क्रममा आगलागी हुँदा मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीकी ८३ वर्षीया सावित्रीदेवी दाहालको ज्यान गएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरीका अनुसार हिजो बेलुका साढे पाँच बजे पूजा गर्ने क्रममा दाहालको कपडामा आगो सल्किएको थियो । (उज्यालो अनलान)

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर