भेरी अस्पतालमा नक्कली पीडित बनेर सेवा लिनेहरु फेला

कोहलपु बाँके कार्तिक २५ ःसरकारले भूकम्पबाट घाइते भएकाहरुलाई निशुल्क उपचार गर्ने घोषणा गरेसँगै भेरी अस्पताल नेपालगञ्जमा नक्कली पीडित बनेर सेवा लिनेहरु फेला परेका छन् । भूकम्प प्रभावित क्षेत्र ठेगाना भएका अन्यले पनि भूकप्प पीडित लेखाएर भेरी अस्पतालबाट निःशुल्क उपचार सेवा लिनेहरु फेला परेको हो ।

राहत पाइने र निशुल्क उपचार हुने सुनेपछि भारतबाट आफ्नो घर जाजरकोट जान लागेका एकजनाले बिरामीको झुठो विवरण दिई भेरी अस्पताल, इमेर्जेन्सी कक्षबाट सबै निशुल्क जाँच गराइ भुकम्पमा परेको भन्दै भुकम्प उपचार कक्षमा सुतेको अबस्थामा फेला परेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र, बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

छेडागाड–१२, कार्कीगाउँ, जाजरकोट घर ठेगाना लेखाएर ७२ वर्षीय तुलसिङ ठकरीले त्यस्तो सेवा लिन खोजेको श्रेष्ठले बताए । जेष्ठ नागरिक भएकाले उनको उपचारमा कुनै कमी हुन नदिइएको बताउँदै उनले नक्कली पीडित बनेर आउने सम्भाना प्रति सजक बनाइएको बताए । बिहिबार नै जाजरकोट ठेगाना टिपाएर भूकम्प पीडित भन्दै प्रसुती हुन आएकी महिला पनि फेला परेको जनाइएको छ ।

भेरी अस्पतालमा उपचाररत भूकम्पबाट घाइते भएकालाई निशुल्क उपचार सहित घर फर्किदा महिनादिन पुग्ने खाद्य सामाग्री र कम्मल,त्रिपाल उपलब्ध गराएर पठाइएको खबर सार्वजनिक भएसँगै नक्कली पीडित बनेर सेवा लिन खोज्नेहरु फेला परेका हुन् ।

शुक्रबार मात्र उपचार पछि डिस्चार्ज भएका १३ जनालाई उपचार पछि घर फर्किने क्रममा राहत सामाग्र सहित यातायतको समेत ब्यवस्था गरि जिल्ला आपतकालीन कार्यसन्चालन केन्द्रले घरसम्म पुर्याउने ब्यवस्था गरेको थियो । भेरी अस्पतालमा उपचाररत घाइतेहरुलाई र उनका कुरुवाहरुलाई समेत निशुल्क, खाना निशुल्क,खाजा पानीको ब्यवस्था गरिँदै आएको छ ।

भेरी अस्पतालमा उपचाररत ४० जना भूकम्पका घाइते डिष्चार्ज

जाजरकोट भूकम्पमा परी घाइते भएर नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत ४० जना डिष्चार्ज भएका छन् । आज थप २२ जना निको भएर घर फर्केपछि उपचारपछि डिष्चार्ज हुनेको संख्या ४० पुगेको हो । शुक्रबार साँझ पनि १३ जना डिष्चार्ज भएका थिए । त्यस अघि ५ जना डिष्चार्ज भएका थिए । सबैजसो जाजरकोट र रुकुम पश्चिमका हुन् ।

उनीहरुलाई सम्बन्धित जिल्लाको घर नजिकसम्म भेरी यातायात ब्यबसायी संघको समन्वयमा निःशुल्क पठाइएको हो । बाँके युनेस्को क्लबले उपलब्ध गराएको २५ किलो चामल, ५ किलो दाल र २ लिटर तेल समेतको राहत प्याकेजसहित उनीहरूलाई घरतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी बाँकेका श्रावणकुमार पोखरेलले जानकारी दिए । उनीहरुलाई कम्मल र त्रिपाल पनि १–१ थान विपद व्यवस्थापन समितिले उपलब्ध गराएको छ ।

अब भेरी अस्पतालमा जाजरकोट भूकम्पका १४ जना उपचाररत छन् । ५८ जना उपचारका लागि भर्ना भएकोमा ३ जनालाई काठमाडौं रिफर गरिएको थियो भने एक जनाको मृत्यु भएको जिल्ला आपतकालीन कार्य संचालन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर