पत्रकार बेलबासेद्धारा पत्रकारीता पुरस्कारको घोषणा


कोहलपुर,बाँके कार्तिक २५ ः नेपाल पत्रकार महासंघ बाँकेको पुर्व सहसचिव तथा प्रेस चौतारी केन्द्रिय अनुशासन आयोगका सदस्य विष्णु प्रसाद बेल्बासेले आफना स्वर्गिय पिता दुर्गा प्रसाद बेल्बासेको स्मृतीमा कोहलपुर क्षेत्रमा क्रियाशिल पत्रकारहरुको हौसला बढाउने उद्धेश्यका साथ प्रत्यक बर्ष मंसिर ५ गते एकजनालाई प्रदान गर्ने गरि स्वा. दुर्गा स्मृती पत्रकारीता पुरस्कार घोषणा गरेका छन ।
आज शनिवार प्रेस चौतारी नेपाल नगर कमिटी कोहलपुरले आयोजना गरेको शुभ दिपावली, छट तथा नेपाल संवतका अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा केन्द्रिय अनुशासन आयोग सदस्य बेल्बासेले हरेक बर्ष पाँच हजार पाँच सय पच्पन्न रुपैया सहितको पत्रकारीता पुरस्कारको घोषणा गरेका हुन ।
तीन बर्ष सम्म आफ्नै प्रत्यक्ष संलग्नतामा पुरस्कार वितरणको ब्यबस्था मिलाईने छ भने तीन बर्ष पछि प्रेस चौतारी नेपाल कोहलपुर नगर कमिटीको नाममा बर्षमा पुरस्कार राशि बरावरको रकम ब्याज आम्दानि गर्ने गरि अक्षयकोष खडा गरिने बेल्बासेले कार्यक्रमका अवसरमा जानकारी दिए । यस बर्षको स्वा. दुर्गा स्मृती पत्रकारीता पुरस्कार मंशिर ५ गते प्रदान गरिने भन्दै बेल्बासेले चौतारीमा आबद्ध भएकालाई मात्र नभई अन्य संघ संगठनमा रहेर पत्रकारीता गरिरहेका पत्रकारहरुलाई समेत उक्त पुरस्कार निष्पक्ष रुपमा प्रदान गरिनेछ ।


प्रेस चौतारी नेपाल कोहलपुर नगर कमिटीले आयोजना गरेको शुभ दिपावली, छट तथा नेपाल संबतका अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम तथा चियापान कार्यक्रममा बाँके क्षेत्र नं. १ का माननिय सांसद सुर्य प्रसाद ढकालले अहिले देशमा अर्थतन्त्र शिथिल भएको, उद्योग कल कारखाना बन्द रहेको विदेशि सहयोग ठप्प भएको र देश चलायमान हुन नसकेको भन्दै समाजलाई हामीले अराजकताको दिशाबाट जोगाउने समाजलाई सकारात्मक सन्देश आउने खालका कुराहरु सञ्चारकर्मिहरुले प्रवाह गर्नुपर्ने बेला आएको औंल्याए ।
कोहलपुरको अर्थराजनितीलाई प्रभाव पार्ने परियोजनाहरु चप्परगौंरी घुईयावारी सडक खण्ड, कोहलपुर रिङरोड, कोहलपुर कर्भट हल, अन्तराष्ट्रिय क्रिकेट मैदान, बाल अस्पताल जस्ता परियोजनाहरु भएको उल्लेख गर्दै जन प्रतिनिधिहरुलाई जवरजस्त रुपमा ति परियोजनाहरुमा लाग्न जनस्तरबाट खबरदारि समेत रहेको जिकिर गरे ।


लुम्बिनी प्रदेश सभा सदस्य एबं पुर्व वन तथा वातावरण मन्त्रि दुर्गा प्रसाद चौधरीले देशमा निराशा छाएको छ, भौतिक विकास र सुख सयल भएपनि हामी नेपाली किन सन्तुष्ट हुन सकेका छैनौ भन्दै कुरा भन्दा काम गरौं, जति सकिन्छ त्यती बोलौं समयको सदुपयोग गरौं भन्ने सन्देश समेत सवैमाझ जानु आजको आबश्यकता भएको औंल्याए । हाम्रा पुर्खाहरु जे थियो त्यस्मा सन्तुष्ट थिए तर हामीहरु किन असन्तुटिमा रुमलिरहेका छौं भन्दै पुर्व वन तथा वातावरण मन्त्रि चौधरीले आम नागरिकहरुलाई अव उत्पादन संग जोडिन आग्रह गरे ।
युवा नेता युवा नेता अर्जुन जंग शाहले सुरक्षाका दृष्टिले पत्रकारीता क्षेत्र निकै संबेदनशिल भएको उल्लेख गर्दै एकले अर्कोलाई सहयोग र सदभावका साथ समाजको सकारात्मक दिशा बदल्ने अभियानमा लाग्न आम संचारकर्मिहरुलाई आग्रह गरे । राष्ट्रिय स्वतन्त्र पार्टि कोहलपुर नगर समितीका सभापति भरत पनेरुले अहिले निर्वाचित जनप्रतिनिधिहरु फेल हुने अधिकार नभएको भन्दै खवरदारि र विकासमा सञ्चारकर्मिहरुको अहम भुमिका रहेको उल्लेख गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश सदस्य सरला सुवेदी,नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष संगिन शर्मा, प्रेस सेन्टरका लुम्विनी प्रदेश उपाध्यक्ष प्रदिप वाग्ले, प्रेस चौतारी बाँकेका उपाध्यक्ष बिनोद भट्टराई नागरिक उन्मुक्ति पार्टिका जिल्ला सचिव भुम भण्डारी, नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका अध्यक्ष मधु खडका, प्रेस सेन्टर कोहलपुर नगर कमिटी अध्यक्ष पुष्पराज हमाल, क्रियाशिल पत्रकार समुह कोहलपुरका अध्यक्ष निर्मल आचार्य लगाएत बिभिन्न प्रेस संबद्ध संघ संगठनका प्रतिनिधिहरुले शुभकामना सहित कोहलपुरमा रहेर गरिने पत्रकारीता र निरन्तर जमघट हुने वातावरण तय गर्न सुझाव समेत प्रदान गरेका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर