कोहलपुर गोल्ड कपमा आर्मी विजयी ।


कोहलपुर बाँके कार्तिक २३ ,

कोहलपुर् मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८० मा त्रिवन आर्मी क्लव विजयी भएको छ । बुधबार भएको फाइनल खेलमा त्रिभुवन आर्मीले चर्च व्वाईजलाई २—०० ले गोेल गर्दै त्रिभुवन आर्मी विजयस् भएको हो । त्रिभुवन आर्मीले प्रथम पुरस्कार ८ लाख नगद र चर्च व्वाईजले ४ लाख नगद रुपैया उपलब्ध गराइएको थियो ।

त्रिभुवन आर्मीका खेलाडीले खेल सुरु भएको ३२औं मिनेटमा सराज श्रेष्ठले गोल गरेका थिए भने दोस्रो हापको ७६औं मिनेटमा मान बहादुर आले मगरले गोल गरेका थिए । त्रिभुवन आर्मीका खेलाडी मान बहादुर आले मगरलाई म्यानअफ द म्याज घोषणा गरेका थिए भने उनले नगद पाँच हजार रुपैया उपलब्ध गराइएको थियो । त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौ ९४—१० र चर्च व्वाईज यूनाईटेडले गोर्खा व्वाईज ९३—०० ले विजयी भई फाइनलमा पुगेको थियो ।

आर्मीकै उत्कृष्ट डिफिरेन्रमा यधा शाही, उत्कृष्ट मिड फिल्ड विशाल बस्नेत, उत्कृष्ट प्रशिक्षक आदर्श बहादुर मल्ल, उत्कष्ट स्वच्छ टिम गोर्खा व्वाईज, रेसिङ्ग साहारा क्लबका खेलाडी सन्देश न्यौपानेलाई जनही १० हजार सहित सम्मान गरिएको थियो । यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीका रुपमा आर्मीका टंक बस्नेतलाई नगद ५० हजार रुपैया उपलब्ध गराइएको थियो । कोहलपुर रेसिङ्ग साहारा क्लबका कप्तान हरि कठायतले फुटबल खेलबाट सन्यास लिएका छन् ।

आर्मीकै उत्कृष्ट डिफिरेन्रमा यधा शाही, उत्कृष्ट मिड फिल्ड विशाल बस्नेत, उत्कृष्ट प्रशिक्षक आदर्श बहादुर मल्ल, उत्कष्ट स्वच्छ टिम गोर्खा व्वाईज, रेसिङ्ग साहारा क्लबका खेलाडी सन्देश न्यौपानेलाई जनही १० हजार सहित सम्मान गरिएको थियो । यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीका रुपमा आर्मीका टंक बस्नेतलाई नगद ५० हजार रुपैया उपलब्ध गराइएको थियो । कोहलपुर रेसिङ्ग साहारा क्लबका कप्तान हरि कठायतले फुटबल खेलबाट सन्यास लिएका छन् ।

आयोजकले उनलाई टिभिएरको एक सय २५ सिसिको स्कुटर उपलब्ध गराएको खेल संयोजक राम बहादुर मल्ले जानकारी दिए ।समापन कार्यक्रमका प्रमुख अतिथि तथा कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुर गोल्डकपलाई संस्थागत बनाउन केन्द्रिदेखि स्थानीय सरकार लाग्ने बताएका थिए ।

‘कोहलपुर नगरपालिकाले पहिलो गोल्डकपमा १० लाख उपलब्ध गराएको थियो,’ उनले भने, ‘दोस्रो गोल्डकपमा २० लाख रुपैया उपलब्ध गराइएको छ ।’ अझै थप व्यवस्थित गर्दै संस्थागत विकास गर्ने पक्षमा नगरपालिका रहेको नगर प्रमुख आचार्यले बताए ।रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले प्रतियोगिता अवधिभर यहाँहरुले गर्नुभएको सहयोगीमनहरुलाई धन्यवाद दिँदै आगामी दिनमा अझै व्यवस्थित रुपमा सञ्चालन गर्न बाँके बासीलाई अनुरोध गरे ।

समापन कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता पोषण केसी, नेपाली काँग्रेसका बाँकेका सभापति नारायण प्रसाद गौडेल, नेपाली सेनाका पूर्व उपरथी तथा नेपालगञ्ज मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डा। सुनिल कुमार सिंह, नोवेल ईमी स्कुलका सञ्चालक तथा कोहलपुर बृहत खानेपानी संस्थाका उपाध्यक्ष विर बहादुर विष्ट, नेपाल वित्तिय संस्था कर्मचारी संघ तथा नेपाल राष्ट्र बैंकका प्रथम उपाध्यक्ष विष्णु के।सी।, शिवशक्ति माविका प्राधानाध्यापक बद्रिनाथ सापकोटा, समाजसेवी चिन्तामणी धिताल, डल्फिन फिड प्रालिका सञ्चालक तिर्थ थापा लगायतले पुरस्कार वितरण गरेका थिए

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर