भेरीमा ४९ जना भूकम्पका घाइते उपचाररत, ३ जना डिष्चार्ज

कोहलपुर बाँके कार्तिक २२, जाजरकोट भूकम्पमा घाइते भएका ४९ जनाको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । पछिल्लो १२ घण्टामा ३ जना घाइते थपिएका छन् । हालसम्म ५३ जना भर्ना भएकोमा १ जनाको मृत्यु भएको छ भने ३ जना डिष्चार्ज भएका छन् । १ जनाको आइसियूमा उपचार भइरहेको जिल्ला आपतकालीन कार्यालय संचालन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताए । पहिले सिकिस्त भए पनि हाल सुधारोन्मुख घाइतेको संख्या ३ र सामान्य सुधारोन्मुख घाइतेको संख्या ४५ रहेको श्रेष्ठले जानकारी दिए । एक जनाको अवस्था भने गम्भीर छ । पछिल्लो १२ घन्टाभित्र ३ जना घाइते भेरी अस्पतालमा थपिँदा ३ जना उपचारपछि घर फर्किएको अस्पतालले जानकारी दिएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर