उपाधिका लागि आज अन्तिम प्रतियोगिता हुदै, कोहलपुर गोल्डकप २०८०


कोहलपुर बाँके कार्तिक २२,

मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८० को उपाधिको अन्तिम खेलका लागि आज दिउँसो २ः३० बाट सुरु हुने भएको छ । आज त्रिभुवन आर्मी र चर्च व्वाईज क्लबका कप्तानले अन्तिम खेल रोचक तथा आफ्नो क्लबलाई विजयी प्रात गर्नका निम्ति खेल मैदानमा खेल्ने बताएका छन । दुवै समुहका कप्तानहरुले उपाधि दिलाउन आफुहरुको अनुभव र सिपको प्रयोग गरी उपाधि हात पर्ने दावी गरेका हुन। त्रिभुवन आर्मीका कप्तान भरत खवासले आफुले राष्ट्रिय खेलदेखि लिग हुँदै ‘ए’ डिभिजनका खेल खेलेको बताउदै भोली हुने अन्तिम खेलमा आफ्नो टिमले मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन।

भोली हुने अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबबाट २ जना राष्ट्रिय खेलाडी खेल्ने कप्तान भरत खवासले भनेका छन । उपाधिका निम्ति भोली हुने खेलमा चर्च व्वाईजका कप्तान विकु राईको पनि रणनिति उपाधि उचाल्ने दाउमा खेल्ने बताएका छन। राईले रचनात्मक र आत्मा विश्वासका साथ सबै खेलाडिहरुले मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन । व्वाईज कै कोच रुविन राईले आफ्नो क्लबका खेलाडिहरुले अन्तिम खेल खेल्नु नै हाल सम्म उत्कृष्ट प्रर्दशन गरेको पुष्टि हुन्छ प्रतियोगिताको उपाधि लिनकै लागि भने आएको होइन भोली हुने खेलमा आफ्नो टिमले आत्म विश्वासका साथ खेल्ने बताए । ‘अहिले सबै स्थानिय खेलाडीहरु छन्’ उनले भने, ‘बाहिरी खेलाडीहरु हामीले कहिले खेलाएका छैनौ ।’

भविष्यमा यि टिमले नै देशकै उत्कृष्ट खेलाडि बनाउने आफ्नो क्लब को सपना रहेको कोच राईले बताए । राईले कोहलपुरमा आफ्नो टिम ल्याउन र खेलमा सहभागि हुन पाउँदा आयोजकसंगै व्यवस्थापक टिमलाई धन्यवाद समेत व्यक्त गरे ।
प्रतियोगिताको सेमिफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौले दुधौली स्पोर्ट क्लब सिन्धुलीलाई (४—१) गोलको अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी फाइनल पुगेको हो । त्यसै गरी चर्च व्वाईज यूनाईटेड क्लबले गोर्खा व्वाईजलाई (३—०) ले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफसिसहित नेपालका चर्च व्वाइज यूनाइटेड काठमाडौँ, गोर्खा व्वाइज स्पोर्टस क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी ८ टोलीको सहभागिता रहेको खेल संयोजक राम बहादुर मल्ले जानकारी दिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर