चीनले दिएका सहायता सामग्री बोकेका कन्टेनर नेपाल प्रवेश


काठमाण्डौ कार्तिक २० – जाजरकोट भूकम्प पीडितका लागि चीनले दिएका सहायता सामग्री बोकेका कन्टेनर रसुवागढी नाकाबाट नेपाल प्रवेश गरेका छन् ।

दुई हजार तीन सय वटा टेन्ट, दुई हजार वटा कम्बल, सात सय वटा त्रिपाल र पाँच सय वटा स्प्रेयरसहितका सामग्री नेपाल भित्रिएका नेपालका लागि चीनका राजदूत छन सङले बताउनुभएको छ । यी सामग्री काठमाण्डौ नल्याई सिधै जाजरकोट र रुकुम पश्चिम पठाइनेछ । थप सामग्री आउने क्रममा रहेको पनि राजजूत सङले बताउनुभएको छ ।

चीनले नेपाललाई १० करोड रुपैयाँ बराबरका सहायता सामग्री दिने घोषणा गरेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर