मोटरसाइकलको ठक्करबाट दाङमा साइकलयात्रीको मृत्यु

दाङ कार्तिक २० । मोटरसाइकलको ठक्करबाट दाङमा साइकल यात्रीको मृत्यु भएको छ ।
बा ३३ प ३६३४ नम्बरको मोटरसाइकलले दाङको लमही नगरपालिका वडा नम्बर ८ सतबरीयामा साइकललाई ठक्कर दिँदा साइकलयात्री स्थानीय ५५ वर्षका भीमसेन थारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
मोटरसाइकल चालक रसुवा कालिकास्थान नगरपालिका वडा नम्बर ५ का २३ वर्षका राजेश देवकोटा घाइते भएका छन् । उनलाई उपचारको लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।