१३ हजार ३ सय ३९ घर भूकम्पबाट क्षति


कोहलपुर बाँके कार्तिक २० । शुक्रबार राति जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६।४ म्याग्निच्युडको भूकम्पले कम्तिमा १३ हजार ३ सय ३९ घर क्षति भएका छन् । भूकम्पले सबैभन्दा बढी प्रभावित भएका जाजरकोट र रुकुम पश्चिमसहित आसपासका जिल्लाका घर पूर्ण, आंशिक र सामान्य क्षति भएका हुन् ।

क्षतिको विवरण संकलन कार्य जारी रहेकाले क्षतिग्रस्त संरचनाको संख्या अझै बढ्न सक्ने गृह मन्त्रालयअन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले जनाएको छ । आइतबार साँझसम्म सार्वजनिक तथ्यांकअनुसार भूकम्पले सबैभन्दा बढी रुकुम पश्चिममा २ हजार १ सय ३६ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् ।

प्रारम्भिक विवरण अनुसार त्यहाँ २ हजार ६ सय ४२ आंशिक रूपमा र ४ हजार ६ सय ७० सामान्य क्षति भएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ । रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी ९सिडिओ० हरिप्रसाद पन्तका अनुसार भूकम्पले २ अर्बभन्दा बढीको क्षति भएको देखिएको छ । रुकुम पश्चिमपछि जाजरकोटमा सबैभन्दा बढी घरहरू क्षतिग्रस्त भएका छन् ।

गृह मन्त्रालयअन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले सार्वजनिक गरेको तथ्यांक अनुसार जाजरकोटमा ९ सय ५ वटा घर पूर्णरूपमा क्षति भएको छ । त्यस्तै २ हजार ६ सय ८५ घरमा आंशिक क्षति भएको छ । भूकम्पबाट सामान्य क्षति भएका घरको तथ्यांक भने सार्वजनिक गरिएको छैन ।

जाजरकोट र छिमेकी जिल्ला रुकुम पश्चिममा भूकम्पले सबैभन्दा बढी मानवीयसँगै भौतिक क्षति पु¥याएको थियो । त्यस्तै भूकम्पले रुकुम पूर्वमा ५ वटा घरमा पूर्णरूपमा क्षति र १ सय १८ घरमा आंशिक क्षति भएको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले जनाएको छ ।

सल्यानमा ९७, प्युठानमा २९, रोल्पामा १७, दाङमा ६, नवलपरासी पूर्व र दैलेखमा १र१ घर क्षतिग्रस्त भएका छन् । यस्तै सल्यानमा २५, दैलेख र बैतडीमा १÷१ घर क्षतिग्रस्त भएको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले आइतबार साँझ सार्वजनिक गरेको तथ्यांकमा उल्लेख रहेको छ ।
गृह मन्त्रालयका अनुसार भूकम्पबाट जाजरकोटमा १ सय ५ र पश्चिम रुकुममा ५२ जना गरेर १ सय ५७ जनाको मृत्यु भएको छ ।

यस्तै घाइते २ सय ५६ जनामध्ये जाजरकोटका १ सय १२, रुकुम पश्चिमका १ सय ३२, सल्यानका २, रोल्पाका १ र दैलेख, बैतडी, जुम्लामा ३र३ जना घाइते भएका छन् । भूकम्पमा ज्यान गुमाएका १ सय ५७ जनाको शव आफन्तले बुझेका छन् । सबै मृतकको शव आफन्तले बुझेको गृह मन्त्रालयले जानकारी दिएको छ ।

भूकम्पप्रभावित क्षेत्रमा उद्धार, राहत, उपचारका लागि सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीका २ हजार ५ सय बढी जनशक्ति परिचालन गरिएको छ । बाँके, दाङ, सुर्खेत, काठमाडौँलगायतका जिल्लाबाट समेत औषधीसहित चिकित्सक र स्वास्थ्यकर्मीहरू भूकम्पप्रभावित जाजरकोट र रुकुम पश्चिममा खटाइएको छ ।

सामान्य घाइतेहरूको जिल्लाकै स्वास्थ्य संस्थाहरूमा तथा गम्भीर घाइतेहरूको सुर्खेत, नेपालगन्ज र काठमाडौंमा उपचार भइरहेको छ । भूकम्प प्रभावित क्षेत्रमा लगभग मानिसहरूको उद्धारको काम सकिएको गृह मन्त्रालयले जनाएको छ ।

उद्धारका लागि शनिबार बिहानैदेखि भूकम्पप्रभावित क्षेत्रमा सेनाका हेलिकोप्टर र जहाज तथा नेपाल वायु सेवा निगमका जहाजहरू परिचालन गरिएको थियो । आइतबार समेत जहाज तथा हेलिकोप्टरहरूले घाइतेको उद्धारका साथै सुर्खेत, नेपालगन्ज, काठमाडौँलगायतका स्थानबाट राहत सामग्रीहरू भूकम्प प्रभावित क्षेत्रमा पु¥याएका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर