राधाकृष्ण यातायात प्रालिले २ गाडी भुकम्प पीडितका लागि नि: शुल्क जाजरकोट पठायो ।

कोहलपुर बाँके कार्तिक १९- राधाकृष्ण यातायात प्रालिले आफ्नो दुइवटा गाडी जाजरकोट सम्म नि:शुल्क पठाएको छ । प्रालिले आफ्नो दुईवटा गाडीमा जाजरकोटको भुकम्पमा परेका नागरिकहरुको उद्धारको लागि २ वटा बसमा ५७ जना यात्रुलाई आइतबार नि:शुल्क जाजरकोट पठाएको हो । बाँकेका बिभिन्न अस्पतालमा उपचार गराउदै आएका जाजरकोट तथा रुकुमका भुकम्प पिडित लगायत भारतबाट आफन्त गुमाएको सुचना पाएर घर फर्किनेहरुलाई सहज यात्राको लागि राहत सहित आफ्नो प्रा.लिका २ वटा सवारी साधन भे १ ख ३८३८ र ना ४ ख ८५५४ न का बस मार्फत ७० जना यात्रुलाई जाजरकोट पठाएको प्रा.लि.का अध्यक्ष सनत रेग्मीले बताए ।

उपचारमा आएर डिस्चार्ज भएका भुकम्प पिडित, तिनका कुरुवा र आफन्त गुमाएका व्यक्तिहरुलाई सकुसल घर सम्म पुरयाउन सजिलो बनाउने उद्धेश्यले निश्वार्थ मानविय भावका साथ आफना सवारी निशुल्क जाजरकोट पठाईएको राधाकृष्ण यातायात प्रालिका फिल्ड प्रमुख मनोज बिश्वकर्माले जानकारी दिएका हुन् ।

उनले घाईते र घाइतेका आफन्त र भारतबाट आफन्तको शोकमा जाजरकोट रुकुम सम्म जाने यात्रुहरुलाई नेपालगञ्ज र कोहलपुर बसपार्कबाट चढाएर त्यसतर्फ बिदाई गरिएको जानकारी दिए ।
भारतबाट आफन्तको मृत्यको शोकमा आउने भुकम्प पिडितका आफन्त तथा उपचारमा आएका पिडित र उनीहरुका कुरुवाहरुको चाप हेरेर प्रा.लि.ले अर्को निर्णय गर्ने गरि आजलाई कुनै शुल्क नलाग्ने गरि यात्रुहरुलाई जाजरकोट सम्म आरामदायि सेवा दिने प्रमुख बिश्वकर्माले बताए ।

कोहलपुरलाई केन्द्रिय कार्यालय बनाई राधाकृष्ण यातायात सेवा प्रा.लि.ले पहाडि रुट स्थानिय रुटमा सेवा दिनुका अलावा काठमाण्डौ सम्मको आरामदायि यात्राका लागि मिसन काठमाण्डौ समेत सञ्चालन गर्दै आएको छ। अन्य समितीका तुलनामा सामाजिक क्षेत्रमा उदार देखिएको राधाकृष्ण यातायात प्रा.लि. बाँकेबाट जाजरकोटका लागि निशुल्क रुपमा वस सेवा उपलब्ध गराउने पहिलो प्रा.लि. समेत हुन सफल भएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर