भुकम्प बाट घाइते भएकालाई कोहलपुर रेसिङ् साहारा क्लबले आर्थिक सहयोग गर्ने ।


कोहलपुर बाँके कार्तिक १८ – कोहलपुर रेसिङ् साहारा क्लबले कर्णाली प्रदेश जाजरकोट जिल्ला केन्द्र बिन्दु बनाएर शुक्रबार राती गएको भुकम्पले पुऱ्याएको मानविय तथा भौतिक क्षतिमा परि घाइते भएकाहरुलाई मुख्यमन्त्री कोहलपुर गोल्ड कप २०८० अन्तर्गत आज (शनिबार) हुने नेपाल आर्मी र बि. एफ. सि चितवन बिच खेलको टिकट बिक्रिबाट प्राप्त हुने रकमको २५% रकम भुकम्प पिडितलाई सहयोगको घोषणा गरिएको कोहलपुर रेसिङ् साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले जनाए ।


अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने उदेश्यले टिकट बिक्री बाट प्राप्त भएको रकम सहयोग गरिने उनले बताए ।
घाइते सम्पुर्णको सिघ्र स्वास्थ्य लाभको काममा गर्दै भुकम्पमा परी ज्यान गुमाउने सम्पुर्ण नेपालीहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै सोकाकुल परिवारमा हार्दिक समवेदना कोहलपुर रेसिङ् साहारा क्लब बाँकेले प्रकट गरेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर