भुकम्पमा घाइतेको उपचारका लागि कोहलपुरमा सरोकारवाला बिच छलफल ।


कोहलपुर कार्तिक १८–
भूकम्प बाट घाइतेहरुको उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा स्थानीय सरोकारवाला बिच छलफल गरिएको छ ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा लुम्बिनी प्रदेश माननिय बसन्ती अधिकारी ,सन्जु कुमारी चौधरी बाँके जिल्ला समन्वय समिति उप संयोजक सिता कार्की कोहलपुर नगरपालिका मेयर पूर्ण प्रसाद आचार्य उप मेयर संगिता सुवेदी लगाएतले अस्पतालको तयारी बारे अस्पताल प्रशासनसँग आवश्यक समन्वय तथा सहकार्यको लागि छलफल गरेका हुन् छ ।
भूकम्पमा घाइते भएकाहरुलाई कोहलपुरमा के कसरी उपचार गर्न सकिन्छ भनेर अस्पतालका कार्यकारी निर्देशक सुनिल सिंह उप निर्देशक प्रा.डा दिनेश श्रेष्ठ जनप्रतिनिधि चिकित्सक कर्मचारी लगाएतले छलफल गरेको अस्पतालका सूचना अधिकारी संन्जय कुमार पन्तले जनाए ।
उक्त छलफलमा अस्पतालका प्रशासनले हालको तयारी अवस्था बारे जानकारी गराएको पन्तले जानकारी गराए। एक सय जनाको उपचार गर्न सक्ने गरी तयारी गरिएको अस्पतालका निर्देशक डा. सुनिल सिहले जानकारी गराएका छन। त्यसै विच कोहलपुरमा जाजरकोटबाट कर्ण बहादुर अधिकारी वर्ष ५२ का खुट्टा मा चोट लागेर उपचारका लागि आइपुगेका छन।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर