गोर्खा व्वाईजले हरायो सुदुरपश्चिम ११ लाई


शिवाी विक , कोहलपुर बाँके कार्तिक १७, ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप २०८०’ प्रतियोगिताको हिजो भएको खेलमा गोर्खा व्वाईज स्पोर्ट क्लब बुटवल विजयी भएको छ ।
कोहलपुर—२ तेह विगाहमा बुधबारदेखि सञ्चालन भएकोे खेलमा विहिबार सुदरपश्चिम—११ धनगढीलाई गोर्खा व्वाईज स्पोर्ट क्लब बुटवलले १—० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

खेल सुरु भएको पाँच मिनेटमा दुई पटक कर्नर पाएको गोर्खा व्वाइजले खेल सुरु भएको ४५ औं मिनेटमा जर्सी नम्बर ७ का खेलाडी शक्ति राईले गोल हानेका थिए ।

दिउसो ३ः २० बजेबाट सुरु भएको खेलमा सुदुरपश्चिम ११ लाई गोर्खा व्वाइजले निकै दवाव दिइरहेको थियो भने उक्त क्लबका जर्सी नम्बर १४ का सहदेव केसीले म्यान अफ द म्याच घोषित समेत भएको खेल संयोजक राम बहादुर मल्लले जानकारी गराए ।

त्यसै गरी भोली ९शुक्रबार० सेमिफाइनलका लागि चर्च व्वाईज यूनाईटेड र गोर्खा व्वाईज विच खेल हुने आयोजकले जनाएको छ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर