रिगललाई बाँके अदालतमा उपस्थित गराइयो


कोहलपुर बाँके कार्तिक १७, जिल्ला प्रहरी कार्यालय बाँकेले रिगल भनिने योगराज ढकाललाई जिल्ला अदालत बाँकेमा उपस्थित गराएको छ । बिहीबार नेपालगन्जको सेतु विक चोकबाट पक्राउ परेका रिगललाई प्रहरीले एक दिन जिल्ला प्रहरी कार्यालय बाँकृेको हिरासतमा राखेर केहीबेर अगाडि बाँके अदालतमा बुझाएको हो ।

बाँके प्रहरीका सूचना अधिकारी डीएसपी नारायण डाँगीले रिगललाई १० बजे अदालत खुल्ने बित्तिकै पठाएको जानकारी दिए। अब अदालतले उनलाई कारागार पठाउने छ।

रिगललाई बाँके कारागारमा पठाएमा त्यही मुद्दामा कारागारमा रहेकासँग झडप हुन सक्ने धेरैले आंकलन गरेका छन्। किनकी झडपकै डरले यसअघि रिगललाई नेपालगन्ज ल्याउन दिइएको थिएन। २०७२ असार २८ गते चेतन मानन्धरको हत्या गरेको अभियोगमा रिगललाई सर्वस्वसहित कैद सजाय भएको छ।

संविधान दिवसका दिन राष्ट्रपतिबाट माफी पाएपछि रिगल छुटेका थिए। चेतनकी श्रीमती भारती मान्धरले आममाफी बदरको माग गरेर सर्वोच्च गएपछि अदालतले आममाफीलाई उल्ट्याइदिएको थियो।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर