दाङमा तरकारी बोकेको जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

दाङ कार्तिक १५ । दाङको राजपुर गाउँपालिकामा तरकारी बोकेको पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको गढवा–राजपुर हुलाकी सडकखण्ड अन्तर्गत राजपुर गाउँपालिका–२ समयथान नजिक लु ३ च ३८५३ नम्बरको पिकअप भ्यानले मंगलबार राति रा २ प ४९११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकल चालक राजपुर गाउँपालिका–२ बेला निवासी २४ वर्षीय श्रवणकुमार यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

मोटरसाइकलमा सवार सोही ठाउँ निवासी २६ वर्षीया सविना यादव घाइते भएकी छन् ।

उनको लमही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नवीन वलीले जानकारी दिए । ठक्कर दिने गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर