कोहलपुरमा दोस्रो चरणको बजार अनुगमन सुरु


कोहलपुर बाँके कार्तिक १४– कोेहलपुर नगरपालिकाले दोस्रो चरणको बजार अनुगमन सोमबारबाट सुरु गरेको छ । दास्रो चरणको अनुगमनका क्रममा कोहलपुर–१४ हवलदारपुरका किराना तथा खाद्य पसलमा अनुगमन गरेको हो । सोमबार गरिएको बजार अनुगमनका क्रममा रावत कोल्ड स्टोरमा बिना बिल र परिणामका भारतीय उत्पादनका सामान भेटिएका थिए ।
२६ केजी लेबल भएको चामल तौल गर्दा २५ केजी मात्र भएको फेला परेपछि उक्त चामललाई बिक्रीवितरणमा रोक लगाइएको कोहलपुर नगरपालिकाअन्तर्गत बजार अनुगमन टोलीको उपभोक्ता हित संरक्षण उपशाखा संयोजक अग्नि आचार्यले जानकारी दिए ।
अनुगमनका क्रममा पसल सञ्चालकलाई ढक, तराजु नापतौल विभागमा नवीकरण गर्न, मूल्यसूचि राख्न, सामानहरूको उत्पादन मिति स्पष्ट देखिने गरी राख्न निर्देशन दिइएको कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाले बताए ।
अनुगमन गरिएका सबै पसलमा सर्वसाधारण जनताको स्वास्थ्य र हित कायम गर्ने कुरामा विशेष ध्यान दिनुका साथै उचित मूल्य निर्धारण गरी गुणस्तरीय खाद्य सामग्री वितरणलाई प्रभावकारी बनाउन व्यवसायीहरूलाई निर्देशन दिइएको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर