सांग्रिला बैंक बाँकले ग¥र्यो आफ्नो वार्षिकोत्सवमा रक्तदान



कोहलपुर बाँके कार्तिक १४–
सांग्रिला डेभलपमेन्ट बैंक नेपालगन्ज शाखा कार्यालयल ले आफ्नो १९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रमको आयोजना गरी मनाएको छ । रक्तदान कार्यक्रममा ८० जनाले रक्तदान गरेको क्षेत्रीय प्रबन्धक जयन्द्रबहादुर खड्काले जानकारी दिए । वार्षिकोत्सवका अवसरमा देशभरका शाखाहरुमार्फत विभिन्न कार्यक्रमहरुको आयोजना गरि बार्षिकउत्सव मनाएको हो । उक्त अवसरमा बैंकले सेवा अवधी ५ बर्ष पुरा भएका बाँके र बर्दिया जिल्लामा कार्यरत ८ जना कर्मचारीलाई सम्मान गरेको छ ।

सम्मान हुनेहरुमा किष्मा बेलवासे, आलोक नाग, सृष्टि केसी, ईश्वरी डाँगी, राजन केसी, हस्त बूढा, अशोक कुमार रावल र विल्सन थारु रहेका छन् । सम्मानित कर्मचारीलाई क्षेत्रिय प्रबन्धक खड्काले कदरपत्रले सम्मानित गर्नुभएको थियो । सांग्रिला बैंकले देशभर नै कर्मचारी सम्मान लगायत बिभिन्न कार्यक्रम गरि बार्षिक उत्सव मनाएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर