बन्दुक देखाएर डरत्रास देखाउने बाँकेमा एक पक्राउ


कोहलपुर बाँके कार्तिक १३ ।

भरुवा बन्दुक देखाएर घरपरिवार र छिमेकीलाई डरत्रास देखाउने एक जना बाँकेको डुडुवाबाट पक्राउ परेका छन् ।

बन्दुक देखाएर घरपरिवार र छिमेकीलाई डरत्रास देखाउने डुडुवा गाउँपालिका–६ सिखनपुर्वाका २५ वर्षीय राहुलसिंह सरदारलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई भरुवा बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ९डिएसपी० नारायण डाँगीले जानकारी दिए ।

‘सरदारले मादक पदार्थ सेवन गरी आफ्नै घरमा भरुवा बन्दुक देखाई घरपरिवार तथा छरछिमेकीलाई डरत्रास तथा धम्की दिइरहेको भन्ने सूचना आएपछि प्रहरी पुगेको थियो,’ उनले भने, ‘सोही आधारमा घटनास्थल पुगेको प्रहरी टोलीले सरदारलाई पक्राउ गरेको हो ।’

पक्राउ परेका सरदारबाट एक थान भरुवा बन्दुकसमेत बरामद भएको डिएसपी डाँगीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ परेका सरदारमाथि थप अनुसन्धान अगाडि बढाएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर