कार्तिक १५ गते देखि मुख्यमन्त्री कोहलपुर गोल्ड कप हुदै ।


शिवानी वि.क कोहलपुर १२ कार्तिक –
मुख्यमन्त्री कोहलपुर गोल्ड कप कार्तिक १५ गते बाट सुरू हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ मुख्य मन्त्री गोल्ड कप हुन लागेको हो । कोहलपुर रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले प्रतियो गिता संचालनको मिति स्वीकृत भैसककेको आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिए ।


कोहलपुर रेसिङ्ग साहारा क्लबले कार्तिक १५ गतेदेखि २२ गतेसम्म प्रतियोगिता हुने आयोजकले जानाएको छ । पत्रकार सम्मेलन मार्फत मूल ब्यानर जर्सी र खेल तालिका सार्वजनिक गरीएको छ । प्रतियोगितामा ८ वटा राष्ट्रिय खेलाडिको टिम सहभागी हुने भएका छन्, जसमा कोहलपुर रेसिङ्ग साहारा क्लब बाँके, चर्च ब्वाइज युनाइटेड काठ्मान्डौं, गोर्खा व्वाइज स्पोर्टस क्लव बुटवल, एमिनियर एफ.सी क्लब क्यामरुन, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौं,,सुदुरपश्चिम ११ स्पोर्टस क्लव धनगढी, वि.एफ.सि चितवन क्लव , दुधौली स्वोर्टस क्लव सिन्धुली सहभागी हुने छन् ।

मुख्यमन्त्री कोहलपुर गोल्ड कप संचालनका लागि आर्थिक भौतिक, संस्थागत रूपमा सहयोग गर्न अध्यक्ष क्षेत्रीले अपिल समेत गरेका छन् । अघिल्लो वर्ष व्यवस्थापनमा चुनौती भएकाले अहिले प्याराफिडको व्यवस्था गरिने भएको छ । कोहलपुरलाई बाँकेलाई खेलकुदको मध्यमबाट परिचित गराउनको लागि मुख्यमन्त्री कोहलपुर गोल्ड कप संचालन गर्न लागिएको बताए । लागेको भन्दै ७६ लाख भन्दा धेरै लगानिमा संचालन गर्न लागिएको बताए ।

प्रतियोगितामाको प्रथम हुने टिमले ८ लाख मेडल ट्रफी र प्रमाणपत्र र द्वितीय हुने टिमले ४ लाख रुपैयाँ नगद पुरस्कार मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । मुख्यमन्त्री कोहलपुर गोल्ड कप लुम्बिनी प्रदेसका मुख्य मन्त्री डिल्ली चौधरीले उद्धघाटन गर्ने कार्यक्रम तय भएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर