विपीन जोशीको सुरक्षा र रिहाइका लागि परराष्ट्र मन्त्रालयको आह्वान


कोहलपुर बाँके कार्तिक ११, परराष्ट्र मन्त्रालयले इजरायलमा हमासले बन्धक बनाएको आशङ्का गरिएका विपीन जोशी र अरु देशका बेपत्ता नागरिकहरूको सुरक्षाका लागि अन्तर्राष्ट्रिय समुदायसँग आह्वान गरेको छ ।

गएको असोज २० गते इजरायलमा हमला भएको दिनदेखि जोशी बेपत्ता हुनुहुन्छ ।

परराष्ट्र मन्त्रालयले गाजामा दुई जना बन्धकको रिहाइलाई नेपाल सरकारले सकारात्मक घटनाका रूपमा लिएको जनाएको छ । मन्त्रालयले उनीहरुको रिहाइका लागि कतार राज्य र संलग्न अन्य कुटनीतिक प्रयासको प्रशंसा समेत गरेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर