अख्तियारका नक्कली कर्मचारी पक्राउ


कोहलपुर बाँके कार्तिक ११, आफुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै सेवा सुबिधा माग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आयोगको कर्मचारी भनेर सुविधा लिने गरेको सूचना अनुसार भरतपुर महानगरपालिका वडा १२ चितवन घर भई हाल नेपालगन्ज उपमहानगरपालिका वडा २० राँझामा डेरा गरी बस्ने ३७ वर्षीय मोहन कोईरालालाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीका अनुसार केही समयदेखि ति व्यक्तिले जिल्लाका विभिन्न सरकारी कार्यालय तथा संघ संस्थाहरुमा आफुलाई अख्तियारको कर्मचारी भनेर सुविधा लिने गरेको भन्ने सूचना मिलेको थियो ।

त्यसपछि आयोगको कार्यालय वुटवल, सम्पर्क कार्यालय नेपालगन्ज तथा जिल्लाबाट खटिएको प्रहरी टोलीले उक्त व्यक्तिको निगरानी गर्न सुरु गरेको प्रहरीले जनाएको छ ।

कोईरालालाई सोधपुछ गर्ने क्रममा आयोग तथा प्रहरी कर्मचारीलाई गाली गलौज गरि काम कारबाहीमा अवरोध गरेपछि नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रवक्ता डाँगीले जानकारी दिए ।

साथै जिल्ला प्रहरी कार्यालय बाँकेले कोईरालाबाट कोही कसै ठगिनुभएका वा कोही कसैलाई भ्रममा पारी झुट्टा आश्वासन दिई लाभ लिएको भएमा प्रहरी कार्यालयमा उजुरी दिन समेत अनुरोध गरेकोे छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर