कोहलपुरमा मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु, १ घाइते

कोहलपुर बाँके कार्तिक १०, ईलाका प्रहरी कार्यालय कोहलपुर अगाडि मोटरसाइकल दुघर्टना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

शुक्रवार अपरान्ह ४ बजे नेपालगञ्जबाट सुर्खेत तर्फ जाँदै गरेको भे ५ प ५०५ नम्बरको मोटरसाइकल कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित इप्रका कोहलपुर अगाडि अनियन्त्रित भई दुर्घटना हुँदा नेपालगञ्ज ११ निवासी अमृत गुप्ताको मृत्यु भएको हो ।

दुर्घटनामा परी मोटरसाइकल चालक सुर्खेतको बिरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ बस्ने वर्ष २७ को रनवीर चपाई घाइते भएका छन् । घाइते चपाईलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा पठाईएको छ ।

दुर्घटना हुनुको कारण मोटरसाइल तिब्र गतिमा रहेको र दुवै जनाले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर