नेपालगञ्जमा दुर्गामूर्ती विषर्जन गरियो

कोहलपुर बाँके कार्तिक ९, बाँकेमा बडा दशैका लागि जिल्लाका विभिन्न स्थानमा स्थपाना गरिएका दुर्गा भगवतीको मुर्ती आज एकादशीको दिन कडा सुरक्षाका बीचमा नगर परिक्रमा गरी राप्तीनदी तथा मानखोलामा विर्षजन गरिएको छ ।

बाँकेको कम्दीघाटमा रहेको राप्ती नदीमा दशैमा स्थापना गरिएका करिव ४ सय बढी मुर्ती बिर्शजन गरिएको छ । कोहलपुर र खजुरा क्षेत्रमा स्थापना गरिएको यस्ता मुर्ती मानखोलामा विषर्जन गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बाँकेमा स्थापना गरिएका करिव ४ सय दुर्गा भगवतीका मूर्तीहरु शान्तिपूर्वक विषर्जन गर्नको लागि सुरक्षा प्रबन्ध मिलाउन १ हजार ५ सय नेपाल प्रहरी, सशस्त्र प्रहरी खटाईएको र सुरक्षाको थप प्रबन्ध मिलाउन ड्रोनबाट समेत निगरानी राखिएको जानकारी दिए ।

उनले मूर्ती विर्षजनमा कुनै पनि अबरोध तथा अपृय घटना हुन नदिन पूर्ण तयारीका साथ टोली तैनाथ गरिएको जानकारी दिए । बाँके प्रशाशनले बुधबार दिनभरी बाँकेमा मदिरा जन्य पदार्थ बिक्रिवितरणका लागि समेत प्रतिबन्ध लगाएको थियो ।

यसैबीच मूति विर्षजनका क्रममा कुनै पनि अपृय घटना नभएको बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक सुभाष चन्द्र बोहोराले जानकारी दिए । उनले प्रहरीले अत्यन्तै शुष्म तरिकाले निगरानी राख्दै आएको बताए ।

नेपालगञ्जमा दशैको घटस्थापनाको दिनमा स्थापना गरिएका दुर्गा भगवतीको मूर्ती एकादशिको दिन बाजगाजा सहित नगर परिक्रमा गराएर राप्ती नदी वा मान नदीमा लगेर विषर्जन गर्ने परम्परा रहेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर