बडा दसैंको अवसरमा निलसागर आश्रममा भोजन


कोहलपुर बाँके कार्तिक ८,
बडा दसैंको अवसर पारी श्री अर्जुन बाण गण बाँकेले कोहलपुर ५ मा रहेको निलसागर आश्रमहरुमा आश्रीतहरुलाई लाई भोजन दान गराएको छ । खुल्ला आकाशलाई छाना र धर्ती लाई नै विच्छ्यौना बनाई सडकजीवन बिताउन विवश आमाबुवाहरू तथा बालबालिकाहरू प्रति विजया दशमीमा मिष्ठान्न भोजन सेवा पु¥र्याउने उद्देश्यले भोजन दान गराईएको श्री नं ४ बाहिनी अड्डा राझा बाके र अर्जुनवाण गण समसेरगन्ज बाँकेको संयुक्त आयोजनामा भोजन कार्यक्रमको आयोजना गरीएको हो । कार्यक्रमा बोल्दै श्री नं ४ बाहिनी अड्डा राझा बाहिनीपति सहायक रथी प्रकाश थापाले दसैंको शुभ अवसरमा असाहायलाई एक छाक भए पनि खाना खुवाउन पाउँदा निकै आनन्द महसुस भएको बताए ।

दसैंको दिनमा मात्र नभई अन्य दिनमा पनि निल सागर आश्रमलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाकी संगिता सुवेदीले निलसागर आश्रममा असहाय, अशक्त र वेवारिसे अवस्थाबाट उद्धार गरि आश्रम लगिएका व्यक्तिहरुका लागि स्थानिय सरकारले वार्षिक ५ लाख सहयोग गरेको बताएकि छिन् । नगर भित्रका नागरिकलाई कोहलपुर नगरपालिकाले बार्षिक ५ लाख रकम उपलब्ध गराउने गरेको बताउदै आश्रममा आउने अधिकांश मानसिक रोगी हुने भएकाले उपचारमा खर्चमा गाह्रो हुने गरेको अनुभव सुनाएकी छिन् ।

आश्रमका लागि आफु र स्थानिय सरकारबाट गर्न सक्ने सहयोका लागि आफु लागि पर्ने बताएकि छिन् । निलसागर आश्रमकि संस्थापक अध्यक्ष सरिता खनालले सबैको सहयोगबाट आश्रम संचालन भएको बताउदैँ श्री नं ४ बाहिनी अड्डा राझा बाके र अर्जुनवाण गण समसेरगन्ज बाँकेलाई धन्यवाद व्यक्त गरेकि छिन् । उनले उत्कृष्ट र महत्वोपूर्ण सामाजिक कार्यहरु गर्दै सामाजिक सेवा बाट सो कुराको पुष्टी भएको बताईन् ।

कार्यक्रममा बोल्दै निलसागर आश्रमकि संयोजक अन्जु न्यौपानेले निकै अभावमा खटिएर मानव सेवालाई निरन्तरता दिएको बताएकी छिन् । उनले जो यो आश्रममा सहयोगका लागि आउन चाहनुहुन्छ उहाँहरुसंग खाद्यान्न सहयोगको लागि आग्रह गर्ने गरेको बताईन् । उनले भनिन् २७ जनाको स्याहार सुसारको व्यवस्थापन गर्दै आएको छु , मासिक ३५ हजार भाडा तिर्नुपर्छ ब्यवस्थापनमा निकै कठिनाई छ । बेसहाराहरुलाई साहारा दिनै प¥यो मनकारी दाताहरुको सहयोगमा आश्रमसंचालन गर्दै आएको उनले बताईन् । अहिले उनि आश्रमको रेखदेखमा व्यवस्त छिन् । सहयोगि दाताहरुसंग एकपटक निलसागर आश्रममा आएर यहाँको अवस्था अवलोकन गर्न समेत न्यौपानेले अनुरोध गरिकि छिन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर