व्यापारीले गरे, कोहलपुरको आश्रमलाई सहयोग ।


कोहलपुर बाँके, कार्तिक ६ ।

हरेक बर्ष दशैँको अवसर पारेर विगत ५ बर्षदेखि विभिन्न क्षेत्रका असहाय र अशक्तहरुलाई सहयोग गर्दै आएका एक व्यापारीले कोहलपुरको निलसागर आश्रमलाई न्यानो कम्मल तथा खाद्यान्नहरु सहयोग गरेका छन । सामुदायिक सेवा केन्द्रको संयोजनमा कविर अल्टर्नेटिभका प्रोप्राईटर विष्णु प्रसाद ढकालले आश्रमलाई सहयोग गरेका हुन् ।


सामुदायिक सेवा केन्द्रका अध्यक्ष सनत रेग्मीको पहलमा असहाय, अशक्त र वेवारिसे अवस्थाबाट उद्धार गरि आश्रम लगिएका व्यक्तिहरुलाई जाडो छल्ने गरि कम्मल, फलफुल र अन्य खानाका सामाग्रिहरु वितरण गरिएको छ ।
विगतका वर्षहरुमा अन्य जिल्लामा २० हजार बरावरको सामागि वितरण गर्दै आएका ढकालले यस पटक आफ्नै कर्म थलोमा रहेका असहाय हरुलाई वितरण गरेका छन् । निल सागर आश्रमकी अञ्जु न्यौपाने निलसागरले ५ बर्षदेखि सेवा भावका साथ कोहलपुर क्षेत्रमा यो आश्रम चलाईरहेको बताएइन् ।
नगर भित्रका नागरिकलाई कोहलपुर नगरपालिकाले बार्षिक ५ लाख रकम उपलब्ध गराउने गरेको बताउदै आश्रममा आउने अधिकांश मानसिक रोगी हुने भएकाले उपचारमा खर्चमा गाह्रो हुने गरेको अनुभव सुनाएकी छिन् ।
निकै अभावमा खटिएर मानव सेवालाई निरन्तरता दिएको न्यौपानेले बताएकी छिन् । जाडोको समयमा असहाय र अशक्तहरुलाई भुईमा कार्पेटको व्यवस्था गर्न नसकिएको, उनीहरुलाई मनोरञ्जन प्रदान गर्न सामान्य अव्य दृष्यका लागि टिभिको व्यवस्था गर्न समेत नसकेको भन्दै सहयोगका लागि मनकारी दाताहरुसंग सहयोगको अपिल समेत गरेकी छिन् ।

जो यो आश्रममा सहयोगका लागि आउन चाहनुहुन्छ उहाँहरुसंग खाद्यान्न सहयोग गर्नु भन्छु उनले भनिन् २७ जनाको स्याहार सुसारको व्यवस्थापन गर्दै आएको बताइन् । मासिक ३५ हजार भाडा तिर्नुपर्छ ब्यवस्थापनमा निकै कठिनाई छ । बेसहाराहरुलाई साहारा दिनै प¥यो मनकारी दाताहरुको सहयोगमा आश्रमसंचालन गर्दै आएको उनले बताईन् । अहिले उनि आश्रमको रेखदेखमा व्यवस्त छिन् । सहयोगि दाताहरुसंग एकपटक निलसागर आश्रममा आएर यहाँको अवस्था अवलोकन गर्न समेत न्यौपानेले अनुरोध गरिकि छिन् ।

भेटघाट तथा सहयोग हस्तान्तरण कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष सनत रेग्मीले आफु आबद्ध रहेको राधा कृष्ण यातायात प्रा.लि.का तर्फबाट ५० हजार सहयोग गर्ने प्रतिवद्धता गरेका छन् भने सामुदायिक सेवा केन्द्रका सचिव रवि रोकायले आश्रममा आउने बालवालिकाहरुका लागि निःशुल्क अध्यनको व्यवस्था गर्ने बताए । सामुदायिक सेवा केन्द्रका संस्थापक तथा संरक्षक विष्णु प्रसाद वेल्वासेले मानव सेवाको अभियानलाई निरन्तरता दिने बताए । उनले निल सागर आश्रममा हुने समस्याहरुलाई दाताहरुसंग पुरयाउन आफुहरुले मिडिया क्याम्पेन समेत गर्ने बताए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर