दसैँ–तिहारपछि पनि कोहलपुरमा बजार अनुगमन नियमित हुन्छः नगर उपप्रमुख सुवेदी


शिवानी बि.क कोहलपुर बाँके कार्तिक ५

एक महिना अगाडि आँखा रोगको समस्या भएका बेला चस्मा पसलहरूमा अनुगमन गरिएको थियो । त्यहाँ केही बेथितिहरू
देखिए । त्यसैले त्यतिबेला २० हजारदेखि ३० हजारसम्म जरिवाना गरिएको थियो । हामी के चाहन्छौँ भने उपभोक्ता पनि मारमा नपरुन् र व्यापारीहरू पनि मारमा नपरुन् । हामीले अहिले सुझाव दिएका छौँ, यदि सुधार नगरेको खण्डमा दण्ड जरिवाना पनि गर्नेछौँ ।

१। चाडपर्व नजिकिएसँगै तपाईंहरूले बजार अनुगमन तीव्र पार्नुभएको छ । चार दिनको अनुगमनमा बजारमा के कस्ता समस्याहरू देखिएका छन्र ?

हामीले अहिले नियमित रूपमा बजार अनुगमन गरिरहेका छौँ । चाडपर्वका बेला उपभोक्ताबाट बढी गुनासो आउने गरेका कारण यो समयमा अनुगमन तीव्र पारिएको हो । हामीले सोह्रश्राद्धदेखि नै अनुगमन तीव्र पार्न खोजेका थियौँ तर त्यो समयमा अनुगमनमा जाँदा व्यापारीहरू त्रसित हुने भएका कारण र स्थानीय तहका कर्मचारीहरूले पेन डाउन गरेको अवस्थाका कारण अनुगमनमा ढिलाइ भएको हो ।

अनुगमनका क्रममा कतिपय पसलहरू दर्ता नभएको पायौँ भने कतिपयको पसलमा लेबल नभएका सामानहरू पनि भेटिए । त्यसलाई सुधार गर्नका लािग सुझाव दिएका छौँ । एक महिना अगाडि हामी मासु पसलको अनुगमनमा गएका थियौँ ।

मापदण्ड पूरा नगरेर सञ्चालन गरेको मासु पसलमा सुधारका लािग एक हप्ताको समय दिएका िथियौं। सुधार नगरेको खण्डमा पसल बन्द गर्न पनि निर्देशन दिएका छौँ ।

२। व्यापारीहरूले अनुगमनको मर्म पालना नगरिदिँदा उपभोक्ताहरू मारमा परेका छन् नि र?

व्यवसायीहरूको पनि आफ्नै समस्या छ । बजारमा आर्थिक मन्दी छ । यो समस्या हामीले पनि महसुुस गरेका छौँ । तर हामीले सबैभन्दा पहिले उपभोक्ता हितका लागि काम गर्नुपर्ने हुन्छ । व्यापारीहरूले लेबल नभएको सामान बेच्ने अथवा उपभोग गर्न नमिल्ने खाद्यवस्तु बेच्ने गरेमा वा नियमभन्दा बाहिर गएर बेचेमा हामी उहाँहरूलाई कारबाहीको दायरामा ल्याउन बाध्य हुन्छौँ ।

हामी अनुगमनमा जाँदा व्यापारीहरू आक्रोशित पनि हुनुहुन्छ । किनभने चाडपर्वका बेला भर्खरै व्यापार सुरु भएको हुन्छ त्यही बेला अनुगमन आइदिएर व्यापारमा अवरोध आएको उहाँहरूलाई लाग्न सक्छ । सबै व्यापारीलाई नभनौँ तर केही गलत नियत भएका व्यापारीहरूले यही चाडपर्वको बेलामा उपभोग्य सामानहरूको कृत्रिम अभाव गर्दिने, कालो बजारी, म्याद गुज्रेका सामान बिक्री गर्ने भएका कारण उपभोक्तालाई मध्यनजर गरेर हामीले यो बजार अनुगमन गरेका छौँ ।

३। चाडपर्वका बेला अनुगमन तीव्र पारिन्छ तर अन्य समयमा अनुगमन किन गरिँदैन ?

बजार अनुगमनको नियमित सेड्युल छ । महिनामा एकचोटी, आवश्यकता र गुनासोको आधारमा हामीले बजार अनुगमन गरिरहेका छौँ । कहिलेकाहीँ टिमको अभावले गर्दा कहिलेकाहीँ समय अभावमा दिलो हुन्छ । होइन भने हामी बजार अनुगमन नियमित गरिरहेका छौँ । एक महिनापहिले पनि अनुगमन गरेका थियौँ, फेरि पुनः बजार अनुगमनलाई तीव्रता दिइरहेका छौँ ।

४। बजार अनुगमनजस्तो उपभोक्ता हित संरक्षणको कुरामा जनशक्ति अभाव वा अन्य कारण बताएर ढिलाइ गर्न मिल्छ ?

बजार उपभोक्ताका लागि ठूलो विषयवस्तु भएकाले यी सबै प्रकारका नियमन गर्ने निकायहरूको पनि नियमन गर्ने छुट्टै निकाय चाहिने हो कि भन्ने हामीले महसुस गरेका छौँ । किनभने अनुगमन समितिलाई नियमन नगरिदिएका कारण आज समस्या भएको छ । पहिले कर्मचारी अभावमा बजार अनुगमन नियमित भएको थिएन । अबका दिनमा दसैँ– तिहारलगत्तै यसलाई निरन्तर गर्ने अभियानमा छौँ ।

५। अनुगमनका क्रममा देखिएका कमजोरीहरूलाई सुधार नगर्ने व्यापारीहरूलाई कस्तो कारबाहीको दायरामा ल्याउनुहुन्छ रु तपाईंहरूको योजना के छ ?

हामी जनप्रतिनिधि हौँ । हामीले सबै नागरिकलाई सहजरूपमा सेवा प्रदान गर्न चाहिरहेका छौँ । नगरको टिमले मात्र गएर जरिवाना काट्ने अधिकार हुँदैन, यसका लागि वाणिज्य कार्यालय, जिल्ला प्रसाशनका प्रतिनिधि पनि सहभागि हुनुपर्ने हुन्छ । कहिलेकाहीँ उहाँहरू उपस्थित नभएको खण्डमा जरिवाना गर्न सक्दैनौँ । केही दिन अगाडि वाणिज्य कार्यालयले अनुगमन गर्दा जरिवाना गरेको थियो ।

एक महिना अगाडि आँखा रोगको समस्या भएका बेला चस्मा पसलहरूमा अनुगमन गरिएको थियो । त्यहाँ केही बेथितिहरू देखिए । त्यसैले त्यतिबेला २० हजारदेखि ३० हजारसम्म जरिवाना गरिएको थियो । हामी के चाहन्छौँ भने उपभोक्ता पनि मारमा नपरुन् र व्यापारीहरू पनि मारमा नपरुन् । हामीले अहिले सुझाव दिएका छौँ, यदि सुधार नगरेको खण्डमा दण्ड जरिवाना पनि गर्नेछौँ ।

६। चाडपर्वलक्षित अनुगमनले बजार उपभोक्ता झन् ठगिइरहेका छन् भन्ने गुनासो छ नि ?

यसका लागि सबैभन्दा उपभोक्ता नै सजक हुन जरुरी छ किन भने उहाँले खरिद गरेको सामानमा लेबल छ कि छैन, समयावधि कति छ त्यो हेरेर सामान खरिद गर्नुभयो भने ठगिने क्रम रोक्न सकिन्छ । सँगसँगै कोहलपुुर नगरपालिकाअन्तर्गत अनुगमन समिति साथमा छ । कुनै समस्या भयो भने हामी त्यसको विरुद्ध लागि पर्नेछौँ ।

७। बजार अनुगमन प्रभावकारी कसरी बनाउने योजना बनाउनु भएको छ ?

यसका लागि महिनामा एकचोटी बजार अनुगमन गर्ने सेड्युल छ । त्यसलाई निरन्तरता दिएर यसलाई प्रभावकारी बनाउने कोसिस गर्नेछौँ । व्यापारीहरूलाई पनि नियमित रूपमा अनुगमन आउँछ भनेपछि उहाँहरू पनि सचेत हुने वातावरण निर्माण हुन्छ । प्रत्येक नागरिकलाई उपभोक्ता हितसम्बन्धी सचेतना जगाउन कार्यक्रम गर्ने योजना पनि बनाइरहेका छौँ ।

८। कतिपय व्यवसायीलाई नियम कानुनका बारेमा जानकारी नहुन पनि सक्छ त्यस्ता व्यापारीलाई तपार्इंहरूले कसरी बुझाउनु हुन्छ ?

कतिपय सामान्य व्यापारीले नियम कानुनका कुरा नजानेका पनि हुन सक्छन् । राज्यलाई कर तिर्नुपर्छ । हामीले कालोबजारी गर्नु हुँदैन भन्ने कुरामा अधिकांश व्यवसायी जानकार हुनुहुन्छ । सबै त्यस्तो हुनुहुन्न । कतिपय करको दायरामा आउनुभएको छ । जानीजानी सरकारलाई कर तिरेर के हुन्छ र भन्ने बुझाइ भएका कतिपय व्यापारीलाई समयमै करको दायरामा आउन पनि हामी सुझाव दिन्छौँ ।

उद्योग वाणिज्य संघको बैठकमा बसेर हामीले तपाईहरू करको दायरामा आइदिनुहोला भनेर जानकारी गराउने गरेका छौँ । साथै नियमविपरीत जानेलाई कारबाहीको दायारामा जानुपर्छ भनेर पनि बुझाउने गरिएको छ । मापदण्डमा रहेर नियनुसार व्यापार व्यवसाय सञ्चालन गर्न म सम्पूर्ण व्यवसायीहरूलाई अनुरोध गर्दछु ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर