टिका, जमरा र दक्षिणासहित विद्यार्थीलाई दशै बिदा


कोहलपुर असोज ३०,
समता स्कुल कोहलपुरका विद्यार्थीहरुलाई टिका र जमरा लगाएर शुभकामना दिँदै बुधबारबाट दशैं विदा दिइएको छ ।

हिन्दु धर्मावलम्वीहरुको महान चाड वडादशैंको अवसरमा मंगलबार आफ्ना विद्यार्थी अभिभावक विच दशैको टिका र जमरा लगाएर भोलि बुधबार देखि मंसिर ४ गतेसम्म समताका विद्यार्थीलाई दशैं विदा दिइएको हो । स्कुलको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी नवदुर्गा भवानीको पुजाआजा गरि सबै विद्यार्थीलाई टिका र जमरा लगाई शुभकामना दिएर विदा दिईएको समता स्कुलका कोहलपुर संचालक रबि रोकायाले जानकारी दिए ।

समताको दशै तिहार बिशेष कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महाँसघ बाँकेमा उपाध्यक्ष संगिन शर्माले विद्यालयले आफ्नो स्थापनाकाल देखी नै न्यूनतम शुल्कमा सबै कक्षाहरुमा अध्ययापन गराउदै आइरहेकोमा आफु हर्षित भएको बताए । हिन्दु धर्मावलम्वीहरुको महान चाड वडादशै, तिहार तथा छठको शुभकामना दिदै समता स्कुलले हाम्रा हरेक संकृति र चार्डहरुको महत्व र अस्तित्व जगेर्ना गर्न र नयाँ पढिलाई बुझाउन जरुरी रहेको भन्दै संस्कृती, सभ्यता, रिति रिवाजलाई जोगाईराख्न यो कार्यक्रम निकै नै महत्वपुर्ण भएको बताए ।

त्यसै गरी कार्यक्रममा समता स्कुल कोहलपुरका संचालक रबि रोकायले विद्यार्थीहरुको चौतर्फी विकासका निम्ति स्कुलले विभिन्न अतिरिक्त क्रियापकला गर्दै आइरहेको बताउदै दशै तिहार तथा छठ पर्वको विदा पछि तत्काल साथीसँग मनका कुरा विद्यार्थी विद्यार्थी विच अन्तर संवाद कार्यक्रम संचालनमा ल्याउने समेत बताए ।

त्यसै गरी कार्यक्रममा बोल्दै विद्यालय विकास समितिका अध्यक्ष निम बहादुर वलीले गुणस्तरीय शिक्षा सबैका लागि खुल्ला भएको बताउदै न्यूनतम शुल्कमा सबै कक्षामा अध्ययापन गराउदै आइरहेको र आफु लगाएत सबै अभिभावक यस विद्यालयको एउटा अंगका रुपमा रहन पाउँदा हर्षित बनाएको बताए । उनले स्कुल स्थापना कालदेखी गुणस्तरीय शिक्षा सँगै संस्कार र मौलिक संस्कृतिको रक्षा समेत गरेको औल्याएका थिए । कार्यक्रममा चेत बहादुर केसीले अनौठो नित्य समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रम समापनमा बोल्दै समता स्कुल प्रिन्सिपल लक्ष्मी पौडेले स्कुललाई अभिभावक ज्यूहरुले गरेको विश्वास प्रति धन्यवाद व्यक्त गरिन । पौडेलले यो विश्वास आगामी वर्षहरुमा समेत हुने विश्वास व्यक्त गदै गुणस्तरीय शिक्षाको एटटा नमुना समता स्कुल रहेको औल्याइन । दशै तिहार बिशेष कार्यक्रममा बिद्यालय बिकास समितिका अध्यक्ष , सदस्य, अभिभाबक, शिक्षक, पत्रकार लगायतको सहभागिता रहको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर