कोहलपुरमा बजार अनुगमन ।।


केहलपुर बाँके कार्तिक १ । कोहलपुर गरपालिकाकि उपप्रमुख एंव उपभोक्त हित संरक्षण मंन्चका संयोजक संगिता सुवेदीको संयोजकमा बजार अनुगमन सुरु गरिएको छ । चाड पर्व नजिकिए संगै कोहलपुर नगरपालिकाले मंगलबार पहिलो दिन बजार अनुगन गरिुएको हो । उपभोक्त हित संरक्षण समितिबाट बजार अनुगमन गर्दा विगतमा भएको काम कारवाहीको समिक्षा गरी आगामी दिनमा नियमित बैठक वस्ने अनुगमन समिति आफु उपभोक्ता हित संरक्षण सम्बन्धी कार्यहरु गर्ने निर्णय गरीएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहका उपप्रमुखलाई बजार अनुगमनको संयोजकको जिम्मेवारी दिएको छ । अनुगमन क्रममा कोहलपुर गरपालिकाकि उपप्रमुख एंव उपभोक्त हित संरक्षण मंन्चका संयोजक संगिता सुवेदी आफैँ बजार अनुगमनमा निस्किएकी थिइन् । उनले व्यवसायीहरुले उपभोक्तालाई गर्ने ठगीको अनुगमन र मुल्याङ्कन स्थानीय तहबाटै प्रभावकारी बनाउने उद्देश्यका साथ बजार अनुगमन गरीएको बताएकि छिन् । कोहलपुर नगरपालिका बजार क्षेत्रमा मंगलबार पहिलो ३ वटा मार्टमा अनुगमन गरेको छ । चाडपर्व नजिकिए संगै उपभोग्य वस्तुको माग बढ्ने भएका कारण उपभोक्ता नठगिउन भन्नका लागि स्थानीय तहबाटै बजार अनुगमनलाई प्रभावकारी बनाउन लागिएको उनले बताइन् ।

अनुगमनको क्रममा ३ वटै मार्टले नियमनुसार व्यवसाय गर्दै आएको उपभोक्ता हित संरक्षण समितिका सचिव अग्नि प्रसाद आचार्यले बताए । उक्त अनुगमनका क्रममा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य वसन्त गौतमले देखावटी अनुगमनभन्दा विज्ञसहित प्रभावकारी बजार अनुगमन हुनुपर्ने बताए । अनुगमन टोलिले व्यापारीलाई मूल्य निर्धारण, म्याद गुज्रेका सामानको छुट्टै भण्डारण, उपभोग्य वस्तुको सहि मूल्यको बिल, नापतौल वा परिमाणको पक्षहरु अनिवार्य राख्न निर्देशन दिएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर