बाँकेमा दसैँ तिहार लक्षित विशेष सुरक्षा योजना


कोहलपुर बाँके असोज २८
। जिल्ला प्रहरी कार्यालय बाँकेले चाडपर्व लक्षित विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ । सदरमुकाम नेपालगञ्ज अशान्त भएपछि एकसातासम्म जारी भएको कर्फ्यु र निषेधाज्ञा मङ्गलबार बिहानदेखि पूर्णरुपमा हटाइएपछि जिल्ला प्रहरीको ध्यान चाडपर्व लक्षित विशेष सुरक्षा योजना कार्यान्वयनमा केन्द्रित भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले चाडपर्व लक्षित गरी जिल्लाभर विशेष सुरक्षा योजना लागू गरिएको जानकारी दिनुभयो । चाडपर्व लक्षित गरी जमुनाह नाका, नेपालगन्ज बसपार्क र कोहलपुरमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।

प्रहरी नायब उपरीक्षक डाँगीले भन्नुभयो, जिल्लाभर शान्ति सुरक्षा कायम गर्नका लागि सादा पोसाकमा पनि प्रहरी टोली परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालयले माइकिङ र पर्चा पम्पलेट वितरण गरी जनचेतना फैलाउने अभियान समेत चलाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले चाडपर्वको समयमा हुन सक्ने सम्भावित चोरी, डकैती, अपराध लगायतका घटना तथा दुर्घटनाबाट सर्वसाधारणलाई सुरक्षा प्रदान गर्नका लागि विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको बताउनुभयो ।

जिल्लाभित्र कुनैपनि स्थानमा आपराधिक गतिविधि तथा अन्य दुर्घटना लगायत भएमा तत्काल प्रहरी टोली घटनास्थल पुग्ने गरी व्यवस्थापन गरिएको छ । प्रहरीले भारतबाट फर्किने नेपालीको सुरक्षा र सहजतालाई प्राथमिकता दिइएको बताए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर