नेपालगन्जबाट ठूलो परिमाणमा तस्करीका सामान बरामद


कोहलपुर बाँके असोज २८। बाँकेका विभिन्न स्थानबाट सशस्त्र प्रहरीले भन्सार छली गरेर नेपाल भित्र्याउँदै गरेको अवस्थामा ठूलो परिमाणमा सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं। ३० बागेश्वरी गण तथा मातहत युनिटहरूबाट खटिएको टोलीले भन्सार छलीका सामानहरू बरामद गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहबाट भन्सार छलेर ल्याउँदै गरेको करिब १० लाख बढी मूल्यको लत्ताकपडा सशस्त्रले नियन्त्रणमा लिएको थियो । नेपालगन्जकै चौलिका चोकबाट करिब ४ लाख ८१ हजार रुपैयाँबराबरको चोरीपैठारीको सामान बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

ती सामानहरू भारतबाट भन्सार छली गरेर अटो रिक्सामा राखेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा लत्ताकपडा, किराना सामान र सुर्तीजन्य पदार्थ नं। ३० बागेश्वरी गणले बरामद गरेको थियो ।

नेपालगन्ज–१४ पिप्रहवाबाट समेत १ लाख ६६ हजार ८ सय रुपैयाँबराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरिएको थियो । भारतबाट अवैध रूपमा २ वटा साइकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ती सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।

भन्सार छलीका सामानहरू बरामद भए पनि सशस्त्र प्रहरीले त्यसमा संग्लनलाई पक्राउ भने गरेन । स्रोतका अनुसार तस्करीमा संग्लनहरूलाई सशस्त्र प्रहरीले नै भगाएको थियो ।

भन्सार छली गरेर ल्याइएका सामानहरूलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं। ३० बागेश्वरी गणले जनाएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर