नेपालगन्जमा जले आधा दर्जन फर्निचर पसल


नेपालगन्ज बाँके अजोज २७ । नेपालगन्जको बीपी चोकस्थित फर्निचर पसलहरूमा भएको आगलागीबाट १ करोड बढीको क्षति भएको छ । ६ वटा फर्निचर पसल र एउटा किराना तथा नास्ता पसलमा आगलागी हुँदा १ करोड बढीको क्षति भएको हो ।

शुक्रबार बिहान करिब साढे ४ बजे विद्युत् तार सर्ट भएर बीपी चोकनजिकै गुरुद्वारको अगाडि महबुद जसगढले सञ्चालन गरेको आलिया ट्रेडर्स ९काठ फर्निचर०मा आगलागी हुँदा सोही पसलको छेउमा रहेका अन्य ६ वटा पसल पनि जलेको बाँके प्रहरीले जनाएको छ ।

बाँके प्रहरीले दिएको जानकारी अनुसार आगलागीबाट महाबुद जसगढले सञ्चालन गरेको आलिया ट्रेडर्स, मिठ्ठु खान हुसेनले सञ्चालन गरेको मिठ्ठु रिफ्रेसिङ मोटरसाइकल सेन्टर, बारुदिन जोलाहाले सञ्चालन गरेको वारसी काठ फर्निचर, अलिहुसेन अन्सारीले सञ्चालन गरेको सनिया स्टिल फर्निचर, सरिफ शेषले सञ्चालन गरेको गिलमान फर्निचर र शान्ति चन्दले सञ्चालन गरेको चिन्टु किराना एन्ड नास्ता पसल पूर्ण रूपमा जलेका छन् ।

यसैगरी हरिराम काश्यपले सञ्चालन गरेको श्री लक्ष्मी स्टिल फर्निचर आंशिक रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ९डिएसपी० नारायण डाँगीले जानकारी दिए ।

पसल धनीहरूबाट लिएको जानकारी अनुसार अनुमानित करिब १ करोड ३ लाख बराबरको क्षति विवरण प्राप्त भएको उनले बताए । उनका अनुसार क्षतिको यकिन विवरण पसल धनीले निवेदनमा उल्लेख गरेर पेस गरेपछि मात्र थाहा हुनेछ ।

आगलागी नियन्त्रणका लागि नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाका दमकलका साथै भीड नियन्त्रणमा प्रहरीले प्रयोग गर्ने वाटर क्याननलाई समेत प्रयोग गरिएको थियो । दमकल, वाटर क्यानन, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा बिहान ६ बजेतिर आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

केही वर्षअघि यही स्थानमा आगलागी हुँदा धेरै फर्निचर उद्योगहरू जलेका थिए । यसबारे थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर