विद्यार्थीले पत्रिकाको नमुना डिजाइन तयार गरे ।

कोहलपुर बाँके असोज २५

बाँकेको कोहलपुरस्थित गोरखा युनाइटेड पब्लिक सेकेन्डरी स्कुलका विद्यार्थीले अतिरिक्त क्रियाकलापअन्तर्गत पत्रपत्रिकाको नमुना ‘लेआउट डिजाइन’ तयार गरेका छन् । उक्त डिजाइन बनाउन विद्यार्थीले निकै मिहिनेत गरेका छन् ।

स्कुलका अनुसार शिक्षक सिकाइ अभ्यासका क्रममा विद्यार्थीहरूले पत्रिकाको डिजाइन तयार गरेका हुन् ।

विद्यार्थीहरूले मिसन टुडे राष्ट्रिय दैनिक, गोरखापत्र, कान्तिपुरको नमुना लेअआउट तयार पारेका थिए, जुन निकै आकर्षक र हुबहु देखिन्छ ।

विद्यार्थीले हातले नै लेखेर समाचार पनि तयार पारेका थिए । सुन्दर अक्षर र मिलेको डिजाइन हेर्नलायक रहेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर