लुम्बिनी प्रदेशका अर्थमन्त्री चढेको गाडी दुर्घटना

दाङ असोज २३ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की चढेको गाडी दुर्घटनामा परेको छ । राप्ती राजमागअन्तर्गत तुलसीपुर उपमहानगरपालिका(१२ सितलपुरमा सडकमा एक्कासी आएका बालकलाई बचाउन खोज्दा मन्त्री सवार लु १ झ ७३८ नम्वरको गाडी दुर्घटनामा परेको हो ।

गाडी दुर्घटनामा कुनै प्रकारको मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभएको छ । राप्ती राजमागअन्तर्गत तुलसीपुरबाट अमेलिया हुँदै मन्त्रालय जाने क्रममा गाडी दुर्घटनामा परेको थियो ।

गाडी दुर्घटनामा परेपनि कसैलाई चोट नलागेको प्रहरीले जानकारी दिएको छ । गाडीमा अर्थमन्त्री मास्की, स्वकीय सचिव शम्भु पौडेल, पिएसो मनबहादुर थिडी, चालक मनबहादुर बंशी मगरलगायतका रहेका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर