गाजा सीमानजिक रहेका सम्पूर्ण सहरलाई कब्जा गरेको इजरायली सेनाको दाबी


काठ्माडौँ असोज २३ । इजरायलको सेनाले गाजा सीमानजिक रहेका सम्पूर्ण सहरलाई कब्जा गरेको दाबी गरेको छ । दक्षिणी इजरायलबाट प्यालेस्टाइनको विद्रोही समूह हमासलाई लखेट्न सङ्घर्ष चलिरहेको र गाजापट्टी छेउछाउमा पकड कायम गरेको सेनाको दाबी छ ।

इजरायल र गाजाबीचको पर्खाललाई ट्याङ्क र विमानले सुरक्षित बनाउने प्रयास भइरहेको इजरायलको प्रतिरक्षा फौज ९आईडीएफ० का प्रवक्ता डेनियल हगारीलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गएको शनिवार हमासले आक्रमण शुरु गर्दा गाजापट्टीमा पर्खाल भत्काएका थिए ।

हमास समूह विरुद्ध ‘ठूलो शक्ति’ प्रयोग गर्ने प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले चेतावनी दिएका बीबीसीले उल्लेख गरेको छ । तर प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासले प्यालेस्टाइनीहरूविरुद्ध इजरायलको आक्रमण तत्काल रोक्न संयुक्त राष्ट्र सङ्घलाई आह्वान गर्नुभएको छ ।

अब्बासले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँग टेलिफोन गरी थप आक्रमण रोक्ने पहल गर्न अनुरोध गर्नुभएको हो । दुवैतर्फ गरी अहिलेसम्म १२ सय जनाभन्दा धेरैको ज्यान गएको छ । इजरायलतर्फ सात सयभन्दा धेरै र प्यालेस्टाइनतर्फ पाँच सयभन्दा धेरैको ज्यान गएको बीबीसीले जनाएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर