आजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला
![](https://i0.wp.com/dangtvonline.com/wp-content/uploads/2023/10/dashain_ticket_booking_naya_buspar_ratopati_tiketing_VzJ5pvKwLP.jpg?fit=675%2C447&ssl=1)
काठमाडौं २२ असाेज।
दसैँका लागि आजबाट अग्रिम टिकट बुकिङ खुल्ला भएको छ । आजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला भएको हो । गत शुक्रबार असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको थियो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पुरानै भाडामा अग्रिम टिकट खुल्ला भएको बताए । दसैँको अवधिमा काठमाडौं उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ ।
विगतका वर्षमा दसैँ सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरिएको थियो। सवारी भाडा, सवारी संख्या र रुट पर्मिट खुल्ला गर्ने विषयमा थप गृहकार्य सिटौला बताउँछन् ।