सल्यान बस दुर्घटना : मृतकको नाम र ठेगाना खुल्यो

तुलसीपुर, २० आसोज ।

सल्यानको मुलपानी नजिकै दुर्घटनामा परेका मृतकहरुको पहिचान खुलेको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका –६ निवासी करिब ४४ वर्षकी अनिता बोहरा र सल्यानको त्रिवेणी गाउँपालिका –६ निवासी ३२ वर्षकी सुनिता सुनार रहेको कपुरकोट प्रहरी चौकीका इन्चार्ज रतन शर्माले जानकारी दनिुभयो । घटनामा परेर २२ जना घाइते भएका छन् । घाइतेहरको उद्धार गरेर उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको प्रहरीले जनाएको छ ।

दाङको तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस दिउसो करिब ३ बजे दुर्घटना भएको थियो । विपरित दिसाबाट आइरहेको गाडीलाई साइड दिने क्रममा दुर्घटना भएको प्रहरीले बताएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर