सहकारी सदस्यलाई नि:शुल्क तरकारीको बीउ वितरण ।

कोहलपुर बाँके, असोज 17
चुलिमालिका कृषि सहकारी संस्था लि द्वारा समुह सदस्यलाई निशुल्क तररीको बीउ वितरण गरिएको छ। सहकारीको सिद्धान्त शिक्षा तालिम र सुचना अन्तर्गतमा आधारित रहेर सदस्य मुखी कार्यका लागि तरकारीको बीउ बितरण गरेको सहकारीका अध्यक्ष अर्ग बहादुर बमले बताय ।

सदस्यहरुलाई आफ्नै बारिमा तरकारी रोपि स्वस्थ तरकारी खान पाईने अर्को तर्फ तरकारी किन्ने पैसाको बचत हुने सोही बचत रकम सहकारिमा जम्मा गर्न सकिने बताउदै सदस्यले उत्पादन गरि तरकारिमा आत्मनिर्भर बन्न जरुरी रहेको संस्थाका सचीव प्रेम सुबेदिले बताए ।

कोहलपुर नगरपालिका २ ,३,४, र ५ का समुहका आज १७० जना सदस्यलाई मुला ,गाजर,पालक,सिमि ,भाजी र धनियाको बीउ बितरण गरिएको संस्थाका उपाध्यक्ष गणेश प्रसाद रिजालले बताए । अझै कोहलपुरका केही बाकी समुह र बैजनाथका समुहका ६०० सदस्यहरुलाई बीउ बितरण गरिने र यस अगाडी पनि सदस्य हरुलाई तालिम लगायत बिउहरु बितरण गर्दै आएको र निरन्तर सदस्यमुखी भएर काम गर्ने संस्थाका ब्यबस्थापक मोहन सिङ महताराले बताय ।सहकारीले बीउ बितरण गरे पछि सदस्यहरु खुशी हुँदै निरन्तर सदस्यलाई यसरी बीउ बितरण गरिरहन र सिपमुलक तालिमको पनि ब्यबस्थापन गर्न समुह कि सदस्य हुकुमा राणाले बताईन ।त्यस्तै बीउ बितरण गरेकोमा निकै उत्साहित भएको समुहकी सदस्य उषा कुमारी शाहिले बताईन ।

बीउ बितरण कार्यक्रमका संस्थाका संचालक समिती अध्यक्ष अर्ग बहादुर बम,उपाध्यक्ष गणेश प्रसाद रिजाल,सचीव प्रेम सुवेदी , संचालक समिती सदस्य कमला देबि सापकोटा ,ब्यबस्थापक मोहन सिङ महतारा ,सेवा केन्द्र प्रमुख कल्पना कार्की को सहभागीता रहेको थियो।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर