समाचार प्रकाशन, प्रसारण र वितरण गर्दा संयम बन्न पत्रकार महासंघको आग्रह

कोहलपुर बाँके असोज १७

नेपाल पत्रकार महासंघ बाँकेले धार्मिक सद्भाव कायम राख्न सबैको भूमिका हुने भन्दै संयमित हुन अपील गरेको छ ।

नेपाल पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगीद्वारा जारी प्रेस बिज्ञप्तीमा संकटको समयमा सिर्जना हुने भ्रम झनै खतरा हुने भएकोले त्यस्ता भ्रमलाई चिर्नका लागि सत्य तथ्य सूचना संकलन गरी प्रकाशनरप्रसारण गर्नु पत्रकारको कर्तव्य भएको भन्दै हतारो नगरी समाचार सम्प्रेषण गर्न आग्रह गरिएको छ ।

बहुसांस्कृतिक एवं बहुधार्मिक विविधता नेपालगन्जको बिशेषता हो । जनस्तरकै पहलबाट अनेकतामा पनि एकता कायम हुँदै आएको छ ।

यहाँको सद्भाव, आपसी भाईचारा अरुका लागि पनि उदाहरण बनेको छ । तर पछिल्लो पटक उत्पन्न संवेदनशिल परिस्थितीले नेपालगन्जका हरेक नागरिकमा संशय पैदा भएको छ भने ‘मनमा चोट पुगेको छ ।

‘मनका चोट’मा ’मल्हम लगाई नेपालगन्जलाई पुरानै अवस्थामा फर्काउने दायित्व र जिम्मेवारी फेरी पनि अरु कसैको नभई स्वंय नेपालगन्जबासीकै हो ।

यसर्थ नेपाल पत्रकार महासंघ बाँके शाखा सम्पुर्ण जातजाती, भाषाभाषी, धर्म, सम्प्रदायमा आपसी एकताका लागि अग्रसर हुन हार्दिक अपील गर्दछ ।

बिज्ञप्तीमा भनिएको छ, पत्रकार आचारसंहितामा उल्लेख भएको, ’विभिन्न जात जाति, धर्म, सम्प्रदाय, भाषा, संस्कृतिबीचको सुसम्बन्ध र सामाजिक सद्भावमा खलल पार्ने सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण नगर्न आग्रह गरिएको छ ।

आफ्नो सुरक्षाप्रति अति संवेदनशील रहँदै आफूले प्रयोग गर्ने सवारीसाधनमा अस्थायीरूपमा ‘पत्रकार’ वा ‘प्रेस’ लेखिएको कागज टाँसौं । देखिने गरी आफ्नो परिचय पत्र लगाऔँ । यात्राका क्रममा सुरक्षाकर्मीले सोधपुछ गरेमा सहजरूपमा विवरण टिपाउन अनुरोध छ’ बिज्ञप्तीमा भनिएको छ ।

नेपालगन्जमा सिर्जना भएको तनाव फेरी हुन नदिन यस्ता घटनाको कारण खोजी गरी आमनागरिक समक्ष सत्यतथ्य समाचार सम्प्रेशण गर्ने र राज्यका निकायलाई जवाफदेही बनाउने दायित्व र जिम्मेवारी संचारक्षेत्रको हो यसरी आचारसंहिताभित्र रही सत्यतथ्य समाचार सम्प्रेशन गर्ने क्रममा कँहीकतैबाट कुनै पनि बहानामा अवरोध उत्पन्न भए नेपाल पत्रकार महासंघ बाँकेमा तत्काल जानकारी दिन सम्पूर्ण संचारकर्मीहरुलाई आग्रह महांसघले गरेको छ ।

‘महासंघ पत्रकारिता र पत्रकारको पेसागत तथा भौतिक सुरक्षामा कुनै पनि खालको सम्झौता नगर्ने तथ्य दोहोयाउँदछ तसर्थ नागरिकको सुसूचित गराउने जिम्मेवारी वहन गर्ने पत्रकारलाई स्वतन्त्र र निर्भिकताकासाथ पत्रकारिता गर्ने वातावरण निर्माण गर्न सम्बन्धित सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउँछौं’ बिज्ञप्तीमा भनिएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर