हिजो केहीबेर अशान्त बनेको नेपालगञ्ज आज बुधबार बिहानै देखि शान्त र सामान्य

कोहलपुर बाँके असोज १७ जिल्ला प्रशासन कार्यालय बांकेले मंगलबार सांझ एक सूचना जारि गरेर बांके जिल्लाका कुनै पनि ठाउंमा कुनै पनि अबाञ्छित क्रियाकलाप हुन लागेमा शसस्त्र र प्रहरीका हटलाईन मोबाईल नम्बरहरुमा जानकारी गराउन सर्व–साधरण सबै पक्षहरुसंग अनुरोध गरेको छ । मंगलबार दोहरो इटटा प्रहार घटनापछी ठुलो संख्यामा सयुंक्तरुपमा सुक्षाकर्मि परिचालित गरेपछी नेपालगञ्जको अवस्था सामान्य बन्दै गएको देखिएको छ ।

सामाजिक दलभाव खलबलिने गरि अफाह सूचना पछी नलाग्न र समाजमा शान्ती सु–ब्यवस्था कायम राख्न सबै नागरिकहरुको पनि उत्तिकै साथ सहयोगको आवश्य पर्ने जनाउदै अवस्था हेरेर कफर्यूलाई ब्यवस्थापन गर्ने बताउदै बुधबार बिहानै देखि कफर्यूमा थप कडाई गरिएको बांके प्रशासनले जनाएको छ ।
मंगलबार नेपालगञ्जको बिपि चौक देखि त्रिभुवन चौक तर्फ जाने बाटोमा भएको दोहरो डुंगा तथा इटटा प्रहार घटनामा ३ जना सुरक्षाकर्मि सहित १३ जना घाईते भएकोमा अस्पतालमा उपचार पछी बढी चोट लागेका सुरक्षाकर्मि र १ जना सर्बसाधरण बाहेक सबै घर फर्किसकेका छन ।

मंगलबार भएको घटनाका सम्वन्धमा बांके प्रशासनले जारी गरेको आधिकारीक प्रेस बिज्ञप्ती र बांके प्रहरीको सर्बसाधरणमा गरिएको अनुरोध।।

बिपि चौक घटनाको सामाजिक सञ्जालहरु टिकटक फेबुसकहरुमा लाइभ भएपछी बांकेको बिभिन्न ठाउंहरुमा दुबै पक्षका मानिसहरु जम्मा भएर घटना केन्द्रित हुन थालेपछी बांके प्रशासनले थप ठुलो घटना हुन नदिन नेपालगञ्जमा कफर्यू आदेश जारी गरेर बांके स्थित सबै सुरक्षा कर्मिहरुको प्रभावकारी समन्वयमा परिचालित गरेर स्थितलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर