नेपालगन्जमा दुई समुदायबीच झडप हुदा ३ जना सुरक्षाकर्मीसहित १३ जना घाइते

कोहलपपुर बाँके असोज १७ बाँकेको नेपालगन्जमा दुई समुदायबीच बढेको तनाबले उग्ररुप लिए पछि झडप भएको थियो । झडपमा परेर १३ जना घाईते भएका छन् ।
जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत विष्णु साहनीका अनुसार झडपमा ३ जना सुरक्षाकर्मीसहित १३ जना घाइते भएका हुन् ।

झडपले उघ्ररुप लिए पछि जिल्ला प्रशासन कार्यालय बाँकेले दिउँसो १ बजेदेखी अनिश्चितकालका लागि कर्फ्यु लगाएको हो। सुरक्षाकर्मीबाट सामान्य बल प्रयोग भएकोले हालसम्म स्थिती नियन्त्रणमा रहेको छ।

मंगलबार विहान सद्भाव र्याली समेत निकालिएको परिस्थितीमा जिल्लाका सबै राजनीतिक दल नागरिक समाज लगायत आम नागरिकबाट सामाजिक सद्भाव र शान्ति कायम गर्न महत्वपुर्ण भूमिका रहेको थियो।

नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना ठुलो संख्यामा परिचालन भएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेले पुर्बमा राप्ती पुल, उत्तरमा राझा चोक, दक्षिणमा जमुनाहा नाका र पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटोसम्म अनिश्चितकालका लागि कर्फ्यु लगाएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर