बाँके निकुञ्जको राजमार्ग क्षेत्रमा टाइम कार्ड लागू

कोहलपुर बाँके असोज १६
दुर्घटना न्यूनीकरण गर्न पूर्व–पश्चिम राजमार्गमा सोमबारबाट ‘टाइम कार्ड’ लागू गरिएको छ । राजमार्ग क्षेत्रमा दुर्घटना बढ्न थालेपछि यसको न्यूनीकरण गर्न बाँके राष्ट्रिय निकुञ्जले राजमार्ग क्षेत्रमा टाइम कार्ड लागू गरेको हो ।

सडक दुर्घटनालाई न्यूनीकरण गर्दै यसबाट हुने मानवीय, वन्य जन्तु र भौतिक क्षतिलाई कम गर्ने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्ज मुख्यालयबाट कचनापुर जिरो प्वाइन्ट ९खैरी चेक पोष्ट० सम्म टाइम कार्ड लागू गरिएको निकुञ्जका सूचना अधिकारी अर्जुन भुसालले जानकारी दिए ।

राष्ट्रिय निकुञ्ज भएर सञ्चालन हुने राजमार्गमा सवारी साधनको गति ४० किलोमिटर प्रतिघण्टा हुनुपर्ने बाँके निकुञ्जको नियमावली २०७१ को नियम १७ मा व्यवस्था भएबमोजिम उक्त व्यवस्थालाई पूर्णरूपमा पालना गराउनका लागि निकुञ्जको ओभरीदेखि कचनापुर जिरो प्वाइन्ट ९खैरी चेक पोष्ट० सम्म करिब १५ किलोमिटर क्षेत्रमा टाइम कार्ड लागू गरिएको हो ।

उक्त दूरी २३ देखि २८ मिनेटमा पार गर्नुपर्ने निकुञ्जका सूचना अधिकारी भुसालले जानकारी दिए । सडकखण्डमा फोहोर गर्न नपाइने, सवारी साधन रोक्न नपाइने गरी कडाइका साथ सोमबारदेखि लागू गरिएको छ । नियमको पालना गरी निकुञ्जलाई सहयोग गर्न सवारी चालक र यात्रुहरूलाई बाँके निकुञ्जले आग्रह गरेको छ ।

यसअघि निकुञ्ज क्षेत्रमा सवारीसाधान र वन्यजन्तु पनि सवारी दुर्घटनाको उच्च जोखिममा परेको भन्दै निकुञ्ज आसपासमा रहेका स्थानीय, नागरिक समाज, व्यवसायीलगायत सम्बन्धित पक्षले टाइमकार्ड लागू गर्न सुझाव दिएका थिए । सोहीअनुसार टाइमकार्ड लागू गरिएको हो ।
बाँके निकुञ्ज बर्दिया, दाङ र सल्यान गरी तीन जिल्लासँग जोडिएको छ ।

विसं २०६७ सालमा बाघको वासस्थान र जैविक मार्ग संरक्षणको उद्देश्यले घोषणा गरिएको बाँके राष्ट्रिय निकुञ्ज पाँच सय ५० वर्ग किलोमिटर फैलिएको छ । नेपालको दशौं राष्ट्रिय निकुञ्जको रुपमा यसलाई घोषणा गरिएको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर